Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द

खबरडबली संवाददाता

मकवानपुर । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान सिंह मार्ग) निर्माण एवं मर्मतसम्भारका क्रममा शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतका सडक मर्मतसम्भारको काम गर्न शुक्रबारबाट आगामी असार २० गतेसम्मका लागि दिउँसोको समयमा बन्द गरिने भएको हो । 

गत पुस २८ गते चित्लाङ–चन्द्रागिरि–थानकोट सडकको सेतो पहरा खण्डमा एकै परिवारका पाँच जनाको ज्यान जाने गरी कार दुर्घटना भएपछि सरकारको तीव्र आलोचनासँगै चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण एवं मर्मतसम्भारलाई सरकारले प्राथमिकतामा राखेको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले थानकोट–चन्द्रागिरि सडक खण्डको सुधारका व्रmममा सुरक्षालाई दृष्टिगत गरी सडक बन्द गरेर काम गर्न लागेको जानकारी दिए । 

उनले सडक मर्मतसम्भारका क्रममा आवागमन गर्न सुरक्षाको जोखिम रहेको भन्दै शुक्रबारबाट आगामी असार २० गतेसम्म बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्ण रूपमा सडक बन्द गरी निर्माण एवं मर्मतसुधार कार्य गर्नुपर्ने भएकाले सो समयमा सडक बन्द गर्न लागेको बताए ।

थानकोट चित्लाङ सडक खण्डको दुई भागमा सडक निर्माण सुधार कार्यका लागि गत वैशाखमा निर्माण कम्पनी बिएसपीरजयश्री महालक्ष्मी जेभीसँग ठेक्का सम्झौता भई काम भइरहेको छ । २०८१ वैशाख ३१ गते कम्पनीसँग भएको सम्झौतामा २०८२ वैशाख ३० गतेसम्ममा निर्माण एवं मर्मतसम्भारको काम मूल्य अभिवृद्धि करसहित तीन करोड ९३ लाख ५२ हजार ८४९ रुपियाँको लागतमा सम्पन्न गर्नुपर्ने उल्लेख छ । 

थानकोट–चन्द्रागिरि सडक खण्डको निर्माण एवं मर्मतसम्भार अन्तर्गत पानीघाटबाट केही माथिबाट करिब आठ सय मिटर कालोपत्रे गर्ने, मोड सुधार, सडक चौडा गर्ने, उकालो कम गर्नेलगायतका कार्य गरिने भएको छ । उनले गत पुसमा कार दुर्घटना भएको सेतो पहरा क्षेत्रमा बागमती प्रदेश सरकारको लगानीमा उच्च ग्रेड रहेको स्थानमा उकालो कम गर्नेलगायतका काम भएको जानकारी दिँदै तीनरचार स्थानमा मोड काट्नुपर्ने र सडक चौडा कम भएको खण्डमा ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्ने क्रममा सुरक्षाका उपाय अपनाएर काम गर्नुपर्ने अवस्था रहेको बताए ।

ब्रेकर प्रयोग गरी ब्याक कटिङ गर्ने क्रममा सडकको भौगोलिक अवस्थाका कारण तीनरचार वटा घुम्ती सडकसम्म ढुङ्गा तल झर्न सक्ने सम्भावना रहेको बताउँदै उनले भने, “सवारीसाधन तथा मानवीय क्षतिको जोखिम रहेकाले उक्त सडकखण्ड बन्द गरी निर्माण एवं मर्मतसुधारको कार्य गर्न लागिएको हो ।”

उनले निर्माण एवं मर्मत अवधिभर वैकल्पिक बाटोको प्रयोग गर्नसमेत आग्रह गरे । थानकोट चेकपोस्टदेखि चन्द्रागिरिसम्म साढे आठ किमी लम्बाइ रहेको थानकोट–चित्लाङ सडकखण्डको काठमाडौँतर्फ लामो समयदेखि निर्माण भइरहे पनि अझै जोखिमपूर्ण छ । 

यस्तै गत पुसमा दुर्घटनापछि सेतो पहरा क्षेत्रमा दुर्घटना जोखिमका सडकको ग्रेडिङ कम गर्नेलगायतका सडक सुधारका उपाय अपनाइएको छ । प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय, ललितपुरको १५ लाख रुपियाँ बजेटबाट भिरालो कम गर्नेलगायतका सडक सुधारको काम भएको हो ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिको दबाबमा दुर्घटनापछि चित्लाङ–चन्द्रागिरि–थानकोट सडक गणेशमान राजमार्गको कालोपत्रेसहित स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजितसहित नेपाल सरकारले सात करोड ९९ लाख रुपैयाँ बराबर स्रोतका लागि सहमति प्रदान गरेको छ । चालु आवका लागि उक्त सडकको स्तरोन्नति गर्न दुई करोड रुपैयाँ विनियोजन गरी काम भएको छ । 

सडक डिभिजन कार्यालयले सडक बन्द गरी निर्माण एवं मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले सहजीकरण गरिदिन स्थानीय तहलाई आग्रह गरेको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy