Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

पर्वतको जलजला मल्लाजमा सडक कालोपत्र

खबरडबली संवाददाता

पर्वत । पर्वतको जलजला गाउँपालिकाका तीनवटा वडा समेटिएको मल्लाज क्षेत्रलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गर्न सुरु भएको छ । तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत बस्ती विकास गर्ने उद्देश्यले पहिलो चरणमा सडक कालोपत्र गर्न लागिएको हो । 

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले एकीकृत बस्ती विकास कार्यक्रम कार्यन्वयनका लागि ठेक्कामार्फत जलजलाको वडा नं २, ३ र ४ का बस्तीलाई समेटेर चार किलोमिटर आठ सय मिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्र योजना दुई वर्षअघिदेखि सञ्चालन गरेको थियो  । 

कार्यालयले २०७९ असार १९ गते दुई वर्षभित्रमा योजना सम्पन्न गर्न निर्माण कम्पनी गणेशकुण्ड आइएम निर्माण सेवा जेभीसँग रु ११ करोड १२ लाख ३१ हजार सात सय ४६ मा ठेक्का सम्झौता गरेको थियो । योजना पर्याप्त बजेट नभएका कारण निर्धारित मितिभन्दा तीन महिना पर धकेलिएको हो । 

ठेक्का सम्झौतालगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले वडा नं २ को खाल्टीबाट ४ नं वडाको देवीस्थानसम्म सडक चक्ल्याउने, नाली, कल्भर्ट निर्माणलगायत सडक पूर्वाधारका काम सम्पन्न गरी कालोपत्र गर्न सुरु गरेको जिल्ला सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर शङ्करराज कोइरालाले जानकारी दिए ।  

हालसम्म यो योजनाको भौतिक ८० प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत हाराहारीमा रहेको उनले बताए । निर्माण व्यवसायीले धमाधम काम गरेपनि भुक्तानीका लागि बजेट अभाव हुँदा समस्या रहेको इन्जिनियर कोइरालले बताए । 

कार्यालयका तर्फबाट निर्माण व्यवसायीलाई रु दुई करोड भुक्तानी गर्न वाँकी रहेको उनको भनाइ छ । कोइरालाका अनुसार काम गरेअनुसारको भु्क्तानी गर्न सकेको भए ठेक्का सम्झौता अवधिभित्रै योजना सम्पन्न हुने थियोे । आगामी असोज मसान्तसम्म म्याद थपेर योजना सम्पन्न गर्ने लक्ष्य छ । 

घना बस्ती रहेको मल्लाजको माझफाँटका तीनवटा वडालाई कालोपत्र सडकले जोडिएसँगै स्थानीय लाभान्वित हुने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने सडक पूर्वाधार सम्पन्न भएपछि अन्य आवश्यक पूर्वाधार क्रमशः निर्माण गरिने उनले बताए  । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy