Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

भक्तपुरको विद्यालयमा निर्वाचनः आफनो नेता आफै छान्दै विद्यार्थी

खबरडबली संवाददाता

भक्तपुर । असाध्यै कडा सुरक्षा व्यवस्था । त्यति हुँदाहुँंदै पनि मानिसको भीड । लाइनमा रहेर व्यग्र प्रतिक्षा । यो दृश्य हो, भक्तपुरको एउटा स्कुलमा भएको निर्वाचनको । 

भक्तपुरको एभरेस्ट स्कुलले निर्वाचन कार्यक्रम गरेको थियो । विद्यार्थीलाई आफ्ना नेता छान्न लगाउन निर्वाचन गरेको थियो । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलका विद्यार्थीले मतदान गरेर आफ्ना चार जना नेता छनोट गरेका हुन् ।

स्कुलले जनाएअनुसार स्कुलमा चारवटा सदन छन् । प्रत्येक सदनमा एकजना नेता निर्वाचनबाट छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ । चुनावमा कक्षा ६ देखि कक्षा १० सम्मका पाँंच सय ९५ जना विद्यार्थीले मतदान गरेका थिए ।

स्कुलका संस्थापक प्रधानाध्यापक भक्त राजभण्डारीले विद्यार्थीलाई आफ्ना नेता आफैं छान्नका लागि चुनाव गराएको जनाए । उनका अनुसार प्रत्येक सदनबाट एकएक जना गरी चार सदनका लागि चार जना नेता चयन गर्न चुनाव भएको हो । एकजना नेता चुन्नका लागि घटीमा चारदेखि सातजनासम्म उम्मेदबारी परेको थियो । लेखनाथमा ४, लक्ष्मीमा ५, मोतीमा ५ र भानुमा ७ गरी कुल २१ जना चुनावी मैदानमा होमिएका थिए । उनीहरुमध्ये एउटा सदनबाट एकएक जना विजयी हुनेछन् । 

स्कुलका शिक्षक जगन्नाथ खतिवडाले विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन पनि निर्वाचन गरिएको बताए । त्यसअनुसार उम्मेदवार मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, मतदाता नामावली सार्वजनिक, प्रचारप्रसार गराइएको थियो । त्यसअनुसार निर्वाचन चिह्न पनि प्रदान गरिएको थियो । त्यसअनुसार गोप्य मतदान गराइएको थियो । मतदान विहान ११ बजेबाट सुरु भएको थियो । 

निर्वाचनमा मतदान साँझ सकिएको थियो । मतदान सकिएपछि सर्वदलीय बैठक बसी मतगणना सुरु गरिएको थियो । त्यसअनुसार विहीबार नै विजयीको नाम घोषणा गरिएको थियो । स्कुलले जनाएअनुसार निर्वाचित नेताहरूले स्कुलका हरेक अरिरिक्त क्रियाकलापमा सक्रियतापूर्वक अन्य विद्यार्थीलाई सहभागी बनाउने भूमिकामा रहने छन् । उनीहरूले पूरै स्कुलका छात्रछात्रालाई अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी गराउने भूमिकामा रहने छन् । ६ कक्षाभन्दा मुनिका बालबालिकालाई बालिग (उमेर नपुगेका मतदाता) मानेर मतदान गराइएको थिएन । 

एभरेस्ट स्कुल जिल्लाकै एउटा उत्कृट स्कुल हो । एसईईमा बोर्ड उत्कृष्टको व्यवस्था रहेको बेला यो स्कुलबाट एकपटक छात्रा बोर्ड फष्ट र अर्काेपटक छात्र बोर्ड सेकेण्ड ल्याउन सफल भएको थियो । 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy