Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

अधिकांश नागरिक न्यायको पहुँचबाहिर

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका अधिकांश नागरिक सहज न्यायको पहुँचबाहिर रहेको पाइएको छ । शुक्रबार सुर्खेतमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा कर्णालीका नागरिकमा  सहज रूपमा न्यायको पहुँच पुग्न नसकेको तथ्याङ्क सार्वजनिक गरेको छ । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम एटुजेड परियोजना संयोजक इमान सुनारले कर्णालीका २४ प्रतिशत नागरिक मात्र न्यायको पहुँचमा रहेको जानकारी दिए । यसै गरी २१ प्रतिशत नागरिकले निःशुल्क कानुनी सहायताबारे जानकारी पाएको र ७९ प्रतिशत नागरिकले सोबारे जानकारी नपाएको अध्ययनमा देखिएको उनले बताए । यी तथ्याङ्कले कर्णालीवासीलाई न्यायको सहज पहुँचमा ल्याउन र निःशुल्क कानुनी सहायताबारे प्रचारप्रसारको आवश्यकता देखिएको उनको भनाइ छ । 

न्याय प्राप्त गरेपछि मात्रै लोकतन्त्रको पनि अनुभूति गर्न पाउने भएकाले कर्णालीवासीलाई न्यायमा पहुँच बढाउन जरुरी रहेको छ । पुरानै सोच र शैलीले नागरिकले सहज र छिटो न्याय प्राप्त गर्न नसक्ने उनले बताए । जनतालाई निःशुल्क कानुनी सहायताबारे राम्रोसँग जानकारी पनि नभएकाले यसका बारेमा सबैलाई सहज प्रचारप्रसार गर्नुपर्ने सुझाव दिए । 

उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराईले निःशुल्क कानुनी सहायता माग्ने वर्गको पहिचान गरिनुपर्ने बताए । उनले कानुन संशोधन गरेर भए पनि विपन्न वर्ग, समुदायको न्यायमा सहज पहुँच बढाउनुपर्ने उल्लेख गर्नुभयो । कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालले सङ्घ, प्रदेश र स्थानीय तहले न्यायमा पहुँच बढाउनका लागि आआफ्नो कानुन बनाउनुपर्नेमा जोड दिए ।  प्रत्येक पालिकामा हिंसापीडितका लागि सुरक्षित घर बनाउन सुझाव दिँदै निःशुल्क कानुनी सहायताबारे प्रचारप्रसार हुन नसक्दा सेवा कम भएको उनकाे भनाइ थियो

नागरिक समाज सञ्जालका प्रदेश अध्यक्ष पीताम्बर ढकालले विपन्न वर्गलाई न्यायमा पहुँच बढाउन निकै कठिन भएको बताउनुभयो । कुनै हिंसा भोगेका महिला तथा बालबालिकाका लागि कर्णाली प्रदेशमा सुरक्षित आवासगृह र बाल सुधारगृह नहुँदा समस्या बढेको बताउँदै न्याय माग्न आउँदा भोग्नुपर्ने प्रक्रियाले पीडित थप पीडित बन्न पुगेको जनाए । 

महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको आवाज संस्था सुर्खेतका कार्यकारी निर्देशक पवित्रा शाहीले सरकारी तवरबाट सुरक्षित आवासगृह नबने पनि संस्थागत रूपमा आवाजले तत्कालका लागि हिंसापीडित महिला र बालबालिकाका लागि आवासगृह सञ्चालन गरेको जानकारी दिइन् । उनले न्यायमा पीडितको सहज पहुँच हुन नसक्दा पीडकले थप पीडा दिने गरेको पाइएको बताइन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy