Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

सुनसरी मोरङ सिँचाइ आयोजना बन्द हुने अवस्थामा

सप्तकोशीकाे पानी पश्चिमतिर बहँदा नहरमा पानी ल्याउन समस्या

खबरडबली संवाददाता

काठमाडौं । सप्तकोशी नदीको पानी किसानका गरा गरामा पु¥याउने गरी सन् १९७५ मा भारत सरकारले निर्माण गरिदिएको मुलुककै ठुलो सुनसरी–मोरङ सिँचाइ योजनाका अधिकांश संरचना जीर्ण भएका छन् । 

आधा शताब्दीपहिला निर्माण भएका संरचनाको आयु सकिएर जीर्ण हुँदा हरेक वर्ष सरकारले मर्मतसम्भार गर्दै मूल नहर र २१ वटा शाखा नहरबाट किसानलाई पानी वितरण गरिरहेको छ ।

सिँचाइ योजनाले सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याएको छ । संरचना जीर्ण हुँदै जाँदा भने वर्षायाममा आउने बाढीले कति बेला साइफन र नहरमाथिका पुल भत्काउँछ भन्ने चिन्ता सुरु भएको छ । जीर्ण भएको लोहोन्द्राखोलाको पुल र पुलमुनिको साइफन २०७४ साउन २८ गतेको बाढीले भत्काएपछि खोलापूर्वका किसानले छ वर्षसम्म आकासे पानीका भरमा खेती गर्नु परेको थियो । बाढीले पुलसँगै साइफन भत्काएर बगाउँदा ३४ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । नहरको पानी जाने कुलो (साइफन) भत्किएपछि मोरङको लोहोन्द्रापूर्वको ११ हजार हेक्टर जमिनमा सिँचाइ हुन सकेको थिएन । 

हाल आएर कोशीबाट केरौनसम्मको ५३ किलोमिटर नहर क्षेत्रका अधिकांश पुल, साइफन, एक्वाडक्ट, कन्ट्रोल व्रmस रेगुलेटर जीर्ण भइसकेका  सुनसरी–मोरङ सिँचाइ आयोजना प्रमुख मनोहर साहले बताए । उनले भने, “५० वर्षअघि जनसङ्ख्या र खेती क्षेत्र कम थियो । त्यसबेला १५ देखि २० प्रतिशत क्षेत्रमा गहुँ, तोरी, मकै, खेती हुन्थ्यो । हाल आएर ८० देखि ९० प्रतिशत जग्गामा खेती हुन थालेको छ । त्यसैले हिउँदमा पानीको अभाव भएको हो । मुहानमा पानी नै हुँदैन । कोशीको पानी पूर्वतर्फ नधकेलेसम्म मुहानमा पानी आउने अवस्था छैन । विगतमा जति पानी आउँथ्यो । त्यसैले प्रशस्त हुन्थ्यो । हाल आएर गहुँ र मकै खेती धेरै हुन थालेको छ । त्यसैले दीर्घकालीन सुधारको आवश्यकता भएको हो । 

सन् १९७५ मा भारतले कोशी नदीको पूर्वपट्टि चतरामा प्रतिसेकेन्ड ४५.३ क्युमेक्स पानी फ्याल्ने साइड इन्टेक बनाएर ५३ किलोमिटर लामो मूल नहर, ११ वटा शाखा नहर र ३६ वटा माइनर नहर निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको हो । २०३५ सालदेखि सरकारले विश्व बैङ्कको ऋण सहयोगमा चरणबद्ध रूपमा योजनाको विकास गर्दै अहिलेको अवस्थामा ल्याएको हो । 

हाल प्रतिसेकेन्ड ६० क्युमेक्स पानी बग्ने क्षमताको योजनाको मूल नहरका संरचना जीर्ण हुँदा बर्खायाममा संरचना जोगाउनै समस्या भएको छ । सप्तकोशी नदी एसियाकै बढी बालुवा फाल्ने दोस्रो नदी हो । इन्टेकबाट मूल नहरमा पसेको बालुवा निकाल्ने दुई वटा मेसिनमध्ये एउटा बिग्रिएर थन्किएको बर्सौं भयो । एउटा मेसिनले १८ घण्टासम्म काम गर्दा पनि बालुवा निकालेर सक्दैन । यसले गर्दा नहर पुरिँदै गएको छ । नदीमा पानीको सतह घट्ने व्रmम र नहर पुरिने व्रmम बढेकाले तत्काल सप्तकोशीमा ‘बेडबार’ (पानी छेक्ने साधारण बाँध) निर्माण गर्नुपर्ने भएको छ ।

चतरा मूल नहर जलउपभोक्ता संस्थाका सचिव खङ्गलाल साहले भने, “हिउँदे बालीका लागि प्रतिसेकेन्ड न्यूनतम ३० क्युमेस्क पानी आवश्यक पर्छ तर योजनाको मुहानमा प्रतिसेकेन्ड छदेखि १० क्युमेस्क मात्र पानी उपलब्ध हुने गरेको छ । सप्तकोशीमा नयाँ पुल बनाउँदा पानी उदयपुर (पश्चिम) तर्फ ढल्क्यो । पूर्वतर्फको इन्टेकमा पानी नै छैन । स्परहरू भएको ठाउँमा कमिला कुद्न थालेका छन् ।” साहले भने, “बेडबार लगाएर पानी नछेक्ने हो भने सुनसरी र मोरङको उत्पादन ६० प्रतिशतले घट्ने छ । साहले खाद्य सुरक्षा र खाद्यान्न उत्पादन यही स्थितिमा राख्न पनि सरकारले आयोजनालाई महìवका साथ हेर्नु पर्छ ।”

पाँच दशकपहिला इँटाले बनेका प्रायः सबै संरचना जीर्ण छन् । ती सबैलाई मर्मत र टालटुल गरेर सञ्चालन गरिएको छ । आयोजना प्रमुख साहले भने, “योजनाका सबै संरचना प्रतिस्थापन गर्न अर्बौं रकम लाग्छ । यो सरकारको पहुँचभन्दा बाहिरको कुरा हो ।” उनले वार्षिक ५० करोड रुपियाँँ मर्मत र संरचना निर्माणमा खर्च भइरहेको बताए । साहका अनुसार हाल एक अर्ब सात करोडको योजना निर्माणाधीन अवस्थामा छन् । सप्तकोशीबाट आउने पानीको स्रोत घटेपछि स्थानीय साना खोलानाला, सिमसारको पानी मूल नहरमा हाल्न लोहोन्द्रामा काम भइरहेको छ ।” 

५३ किलोमिटर लामो मूल नहरमा आठ वटा सुपर प्यासेज, एक्वाडक्ट ३६ वटा, साइफन दुई वटा, कन्ट्रोल व्रmस रेगुलेर १६ वटा छन् । ती सबै जीर्ण छन् । तिनैको मर्मत र नयाँ संरचना निर्माणमा वार्षिक ५० करोड रुपियाँ खर्च हुँदै आएको आयोजना प्रमुख मनोहर साहले बताए ।

हिउँदमा मुहानको पानी फर्काउन योजनाले अहिलेसम्म कोशीको पश्चिमतर्फ करिब ६० करोड रुपियाँको लागतमा आठ वटा स्पर निर्माण गरिसकेको छ । त्यो स्परले पनि काम नदिएपछि यसपालि मूल नहर उपभोक्ता समितिले बेडबार बनाएर पानी इन्टेकतर्फ हाल्ने योजना अघि सारेको छ । 

मूल नहरका अध्यक्ष तपन दासले भने, “पानी उदयपुरतर्फ ढल्केको छ । एकातर्फ सुनकोशी मरिन डाइर्भसन निर्माण भएपछि सप्तकोशीमा ६७ प्रतिशत पानी स्वतः घट्ने छ । बाँकी पानी पनि उदयपुरतर्फ गएपछि सुनसरी मोरङ सिँचाइ आयोजना बन्द गरिदिए हुन्छ ।” उनले देशको कुल अन्न उत्पादनको ४५ प्रतिशत हिस्सा झापा, मोरङ र सुनसरीसँग निर्भर भएको बताउँदै यही क्षेत्रमा पानीको अभाव भयो भने खाद्यान्नको परनिर्भरता अझ बढ्ने चिन्ता व्यक्त गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending