सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआत गरिएको छ । आज एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद माधव सापकोटाले सुन्तलाको बिरुवा रोपेर व्यावसायिक सुन्तलाखेतीको सुरुआत गरेका हुन् ।
त्यसअवसरमा सापकोटाले सुन्तलाखेतीबाट आर्थिक अवस्था सुधार र स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवाको पलायन रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मेलडाँडाबाट सुरु भएको नमुना खेतीलाई क्रमशः विस्तार गरेर वडा नं ३ र ४ मा विस्तार गरिनपर्नेमा जोड दिए ।
बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले नगदेबाली र सहकारीको संयोजनमा हुने सामूहिक खेतीका लागि गाउँपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले कृषि उत्पादनसहित पर्यटन प्रवर्द्धनको उद्देश्य पूरा गर्न प्रदेश एवं सङ्घीय सरकारले सिँचाइ र सहज आवतजावतका लागि सिँडी निर्माण गर्न सहयोग गर्नुपर्ने बताए ।
काठमाडौं विश्वविद्यालयबाट कृषि विज्ञानमा विद्यावारिधि गरिरहेका शोधार्थी गोविन्द पाठकले सुन्तला रोप्ने तरिका र उपचार विधिका विषयमा जानकारी दिएका थिए । बलेफी गाउँपालिकाका कृषि अधिकृत सुवास अधिकारीले भूगोल सुहाउँदो भएकाले पालिकालाई पकेट क्षेत्र बनाउन सहयोग गर्ने बताए । वडा न ४ का अध्यक्ष सुर्जे तामाङले सबै मिलेर व्यावसायिक खेती सफल पार्नुपर्ने धारणा राखे ।
सहकारी संस्थाका अध्यक्ष हरि तामाङका अनुसार आज खोकु जातका दुई हजार सुन्तलाका बिरुवा रोपिएका छन् । बलेफी–४ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सुन्तला रोप्न खाल्डो खन्ने, पत्कर सङ्कलन र झाडी सुधारको काम गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: