Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

गणतन्त्र प्राप्तिपछि मुलुक विकास र समृद्धिको बाटोमाः रक्षामन्त्री उप्रेती

खबरडबली संवाददाता

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गणतन्त्र प्राप्तिपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताएको छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति ९रासस०ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले गणतन्त्रपछिको उपलब्धि राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गरे।

“गणतन्त्रको उपलब्धिलाई प्रदर्शित तस्बिरले चित्रित गरेको छ । यसले व्यवस्थाप्रतिको विश्वास र भरोसा जगाएको छ”, रक्षामन्त्री उप्रेतीले भने, “अहिले भइरहेका कामलाई छोपेर धमिलो पानीमा माछा मार्न सकिन्छ की भन्ने गतिविधि भएका थिए । अब, यी कुराहरु जनतामाझमा गएपछि तथा भइरहेका कामको परिणाम आएपछि गणतन्त्र ठीक थियो कि थिएन भन्ने कुरा पुष्टि भइसकेको छ । गणतन्त्रपछिका उपलब्धिलाई राससले तस्बिरमार्फत उजागर गरेकामा  धन्यवाद दिन चाहन्छु ।”

गणतन्त्र जनताका पक्षमा रहेको र जनताको विश्वास जित्नेगरी काम भइरहेको उल्लेख गर्दै रक्षामन्त्री उप्रेतीले भइरहेका कामलाई प्रोत्साहित गर्दै जनताका पक्षमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको बताए । उनले भने, “सम्पन्न भइसकेका बाँकी  कामलाई पनि समेटेर जनतालाई आशा जगाउने कार्यमा सबै जिम्मेवार भएर लाग्नुपर्छ ।”

मन्त्री उप्रेतीले व्यवस्था परिवर्तन गरेर मात्रै मुलुक विकास र समृद्धिको दिशामा अगाडि बढ्न सक्दैन उल्लेख गर्दै सुरु गरिएका परियोजना समयमै सम्पन्न गर्ने हो भने अब, मुलुक बन्न एक दशक पनि नलाग्ने ठोकुवा गरे । उनले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका द्रुतमार्ग समयमै सम्पन्न गर्न आफूले पहलकदमी लिने बताए । उनले भने, “द्रुतमार्ग निर्माणमा देखिएका कानुनी उल्झन, कोरोना महामारीलगायत विषयले जेलिएको थियो । अहिले राष्ट्रिय गौरबका आयोजनामा विशेष व्यवस्था गरेर चाँडो सम्पन्न गर्नेतर्फ सरकार अग्रसर रहेकाले सञ्चालित आयोजनालाई गति दिएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन सरकार प्रतिबद्धताका साथ लागेको छ ।”

मन्त्री उप्रेतीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो, प्रधानसम्पादक उत्तम सिल्वाललगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराएको थिए।

यही जेठ १० गतेदेखि सुरु भएको उक्त प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् । विसं २०७२ मा गएको ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समेटिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending