Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

गणतन्त्र प्राप्तिपछि मुलुक विकास र समृद्धिको बाटोमाः रक्षामन्त्री उप्रेती

खबरडबली संवाददाता

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गणतन्त्र प्राप्तिपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताएको छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति ९रासस०ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले गणतन्त्रपछिको उपलब्धि राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गरे।

“गणतन्त्रको उपलब्धिलाई प्रदर्शित तस्बिरले चित्रित गरेको छ । यसले व्यवस्थाप्रतिको विश्वास र भरोसा जगाएको छ”, रक्षामन्त्री उप्रेतीले भने, “अहिले भइरहेका कामलाई छोपेर धमिलो पानीमा माछा मार्न सकिन्छ की भन्ने गतिविधि भएका थिए । अब, यी कुराहरु जनतामाझमा गएपछि तथा भइरहेका कामको परिणाम आएपछि गणतन्त्र ठीक थियो कि थिएन भन्ने कुरा पुष्टि भइसकेको छ । गणतन्त्रपछिका उपलब्धिलाई राससले तस्बिरमार्फत उजागर गरेकामा  धन्यवाद दिन चाहन्छु ।”

गणतन्त्र जनताका पक्षमा रहेको र जनताको विश्वास जित्नेगरी काम भइरहेको उल्लेख गर्दै रक्षामन्त्री उप्रेतीले भइरहेका कामलाई प्रोत्साहित गर्दै जनताका पक्षमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको बताए । उनले भने, “सम्पन्न भइसकेका बाँकी  कामलाई पनि समेटेर जनतालाई आशा जगाउने कार्यमा सबै जिम्मेवार भएर लाग्नुपर्छ ।”

मन्त्री उप्रेतीले व्यवस्था परिवर्तन गरेर मात्रै मुलुक विकास र समृद्धिको दिशामा अगाडि बढ्न सक्दैन उल्लेख गर्दै सुरु गरिएका परियोजना समयमै सम्पन्न गर्ने हो भने अब, मुलुक बन्न एक दशक पनि नलाग्ने ठोकुवा गरे । उनले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका द्रुतमार्ग समयमै सम्पन्न गर्न आफूले पहलकदमी लिने बताए । उनले भने, “द्रुतमार्ग निर्माणमा देखिएका कानुनी उल्झन, कोरोना महामारीलगायत विषयले जेलिएको थियो । अहिले राष्ट्रिय गौरबका आयोजनामा विशेष व्यवस्था गरेर चाँडो सम्पन्न गर्नेतर्फ सरकार अग्रसर रहेकाले सञ्चालित आयोजनालाई गति दिएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन सरकार प्रतिबद्धताका साथ लागेको छ ।”

मन्त्री उप्रेतीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो, प्रधानसम्पादक उत्तम सिल्वाललगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराएको थिए।

यही जेठ १० गतेदेखि सुरु भएको उक्त प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् । विसं २०७२ मा गएको ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समेटिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

हिले। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय राम...

विपी राजमार्ग बस दुर्घटना: मृतक सबैको पहिचान खुल्यो

बनेपा। विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्...

कार्यालयबाट हाँस्दै घर फर्कन्छन् सेवाग्राही

विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै काग...

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending