रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट संगै मातहतका बिभिन्न युनिटहरुले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुरा र चल्ला बरामद गरी नष्ट गर्नुका साथै लाखौं बराबरको सामान बरामद गरेको छ ।
जेठ महिनाको १ गतेदेखि २६ गतेसम्म जिल्लाको बिभीन्न नाका हुँदै तस्करहरुले भारतबाट अबैध रुपमा भित्र्याएको पाँचलाख ४३हजार ९३७ रुपैया बराबरको ३४३ थान कुखुरा र १४ सय चल्ला बरामद गरेको थियो ।
बरामद कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालय तथा बिभिन्न युनिटको हाताभित्र खाल्डो खनी पुरेर नष्ट, गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
त्यसैगरी भारतीय बजारबाट भन्सार छली अबैध रुपमा भित्र्याएको एकलाख २९ हजार ४५१ रुपैया बराबरको कपडा, किराना लगायतका सामाग्री बरामद गरी आवश्यक कारवाहीको लागि आज आईतवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
रौतहट प्रहरी प्रमुखको रूपमा एस्पी दिलीप घिमिरेले कमाण्ड सम्हाले पछी आपराधिक क्रियाकलापमा कमी आउनुका साथै भारतीय सामानको तस्करी समेत न्यून भएको देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - २१:०२
सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...
पौष ५ गते, २०८१ - २०:५१
काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...
पौष ५ गते, २०८१ - २०:२९
झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित न...
पौष ५ गते, २०८१ - २०:२४
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । क...
पौष ५ गते, २०८१ - १९:५९
काठमाडाैं । काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ । काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नग...
पौष ५ गते, २०८१ - १९:४४
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । नेपाल र दक्षिण ...
पौष ५ गते, २०८१ - १९:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् । ...
पौष ५ गते, २०८१ - १९:३२
क्वालालम्पुर । दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भए...
पौष ५ गते, २०८१ - १९:२८
पाल्पा । पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–...
पौष ५ गते, २०८१ - १९:२४
काठमाडाैं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको...
प्रतिकृया लेख्नुहोस्: