जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताएका छन् ।
आज जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा भएकाे छलफल तथा भेटघाटमा उनले उपभोक्ता समितिबाट हुँदै आएका विकास निर्माणमा व्यापक भ्रष्टाचार हुने गुनासो आएकाले यो प्रणालीलाई कार्यविधि बनाएर विस्तारै हटाउने बताएका हुन् ।
उनले मधेस प्रदेश प्रदेश सरकारले आगामी दिनमा साना विकास निर्माणका योजना सञ्चालन नगर्ने जानकारी दिए । उपभोक्ता समितिबाट हुने कामलाई बोलपत्र आह्वान प्रक्रियाबाट सञ्चालन गरी सुशासन कायम गर्नमा जोड दिने उनले बताए ।
नवगठित प्रदेश सरकारले विगतका योजना पूरा गर्ने प्रतिबद्धता गरे । सर्वोच्च अदालतले सांसद विकास कोष खारेजका सम्बन्धमा गरेको निर्णयको सम्मान गर्दै सांसदहरुले आफ्नो संसदीय क्षेत्रमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमको खर्च सम्बन्धित मन्त्रालय तथा निकायबाट खर्च गराउने प्रावधान रहेकाले त्यसमा भेदभाव नभएको स्पष्ट पारे ।
मधेस प्रदेश सरकारले संसदीय क्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचित सांसदले रु पाँच करोड तथा समानुपातिक सांसदले रु एक करोड ५० लाख परिचालन गर्न पाउने निर्णय गरिसकेको छ । प्रदेश सरकारका निकाय तथा कार्यालयमा हुने भ्रष्टाचार र ढिलासुस्ती रोक्न छुट्टै अनुगमन निकाय गठन गरी सुशासनमा जोड दिने उनले उल्लेख गरे ।
उनले चालू आर्थिक वर्ष समाप्तिको समय भएकोले वर्तमान सरकार बजेट, नीति तथा कार्यक्रम बनाउन व्यस्त रहेको बताउँदै मधेस प्रदेशका एक सय ३६ वटै पालिकामा किसानका लागि विशेष कृषि प्याकेज ल्याउने जानकारी दिए । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जानकी मन्दिरको योजनाबद्ध विकास गरिने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: