Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

१२२ केजी गाँजासहित बारामा दुई जना पक्राउ

खबरडबली संवाददाता

बारा ।  बारामा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जमा बा १० च ३६१९ नम्बरको कारबाट प्रहरीले ८० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा कारका चालक चितवनको राप्ती नगरपालिका–१० रिकाटारका २५ वर्षीय मानबहादुर वाइबा र कारमा सवार मकवानपुरको राक्सीराङ गाँउपालिका–५ का २६ वर्षीय सुमन स्याङताङ रहेका छन्।

मकवानपुरको मनहरीबाट बाराको पथलैयातर्फ आउँदै गरेको उक्त कार अमलेखगञ्जमा प्रहरीले चेकजाँच गर्दा कारको पछाडि पट्रटी रहेको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा ८० केजी गाँजा बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

यस्तै बाराको सिम्रैनगढ नगरपालिका–१ हनुमान चोकबाट पनि प्रहरीले १० केजी गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको छ। सिम्रौनगढको नयका टोलबाट भाारततर्फ जाँदै गरेको बीरआर ०५ सी ७०५४ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर चेकजाँच गर्न खोज्दा त्यसका चालक गाँजासहितको मोटरसाइकल छाडेर फरार भएको र उक्त मोटरसाइकलमा लोड रहेको १० केजी गाँजा बरामद गरिएको न्यौपानेले बताए।

यस्तै आइतबार बाराकै पथलैयाबाट प्रहरीले गाँजा लोड रहेको अर्को एउटा मोटरसाइकलपनि बरामद गरेको छ। प्रहरीले ३२ केजी गाँजा लोड रहेको प्र.०३–००२प ५८५४ नम्बरको बरामद गरेको हो। प्रहरी चौकी पथलैयाबाट  खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको उक्त मोटरसाइकल रोक्न खोज्दा त्यसका चालक पनि गाँजासहितको मोटरसाइकल छाडेर फरार भएका थिए। 

उक्त मोटरसाइकलको सिटमा बाँधेर राखेको झोला चेकजाँच गर्दा ३२ केजी गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy