Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

फोहोरलाई मोहर बनाउने बर्दिवासको योजना ७ बर्षपछि कार्यान्वयनमा

बिशाल बस्नेत

महोत्तरी । स्थानीय सरकार संचालन भएको सात बर्षपछी महोत्तरीको बर्दिवासमा फोहोर व्यवस्थापनको नया अध्याय सुरु भएको छ ।

अघिल्लो स्थानीय सरकारले फोहोरलाई मोहोर वनाउने उदेश्य लिएर सम्झौता गरेको सात बर्षपछी हिटा हेभी मेसिनरी रिसाईकल कम्पनीले औपचारिकरुपमा फोहोरलाई मोहर वनाउने प्रक्रिया आजदेखि सुरु गरेको हो  ।

बर्दिवास शहरवाट निस्केको फोहोरलाई सागरनाथ वन परियोजनाको जंगलभित्र डम्पिङ साईट वनाएको भन्दै चर्को आलोचना वनिरहेको वेला नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पुरानो सम्झौतालाई कार्यान्वयनमा ल्याएका छन् ।

पारम्भिक चरणमा कम्पनीले दैनिक ६ टन फोहोर जलाउन सक्ने इन्सिनेटर मेसिन स्थापना गरेको छ । बर्दिवासको मात्र फोहोर व्यवस्थापन गर्न यो इन्सिनेटर पर्याप्त वन्नेछ । हिटा हेभी मेसिनरी रिसाईकल कम्पनीका निर्देशक सुरेन्द्र साहका अनुसार नगर क्षेत्रवाट अहिले ३ देखि ४ टन फोहोर  निस्कने गर्दछ ।

ठुलो इन्सिनेटर मेसिन ल्याएपछि यो फोहोर पर्याप्त नहुने र कम्तिमा ३ देखि ४ वटा पालिकासँग थप सम्झौता गर्नुपर्ने निर्देशक साहको भनाई छ । अहिलेको  इन्सिनेटरवाट निस्कने खरानीलाई समेत किसानहरुले मलकोरुपमा प्रयोग गर्न सक्नेछन् ।

नगरसँग भएको सम्झौताअनुसार कम्पनीले कुल आम्दानीको १२ प्रतिशत मुनाफा नगरलाई हस्तान्तरण गर्नुपर्ने छ । २० बर्षको लागि भएको सम्झौतामा बर्दिवासलाई उत्पादित मल र कम्पोष्ट मलको प्रयोग गरेर हरित बर्दिवास वनाउन समेत कम्पनीले भूमिका खेल्ने उल्लेख छ ।

बर्दिवास नगरपालिकाको मोडल एग्रो भिलेज नजिकै ३ विगाह क्षेत्रफलमा निर्धारण गरिएको प्रसोधन केन्द्रमा थप संरचना वनेसँगै  कम्पनीले कम्प्रेसर मेसिन, सेग्रीकेटर मेसिन, कम्पोष्ट स्टोरेज चेम्बर  र ठुलो इन्सिनेटर पनि स्थापना गर्नेछ । जस्ले कम्पोष्ट मल, अण्डा राख्ने क्रेकर, रिसईकलका सामानहरु उत्पादन गर्नेछ ।

थप मेसिन जडान गरेपछि दैनिक २० टन फोहोर विसर्जन गर्दै आम्दानी लिन सक्ने कम्पनीले जनाएको छ । तर कम्पनीको कामलाई थप गतिशील वनाउन अघिल्लो स्थानीय सरकारले गरेका सम्झौताको केही बुद्दाहरु संसोधनको आवस्यक रहेको नगरप्रमुख क्षेत्रीले वताए । फोहोरलाई मोहोर वनाउने र सफा, शुन्दर बर्दिवास वनाउने अभियानमा यो महत्वपूर्ण कोशेढुंगा सावित हुने उन्ले  विस्वास व्यक्त गरे  ।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अदालतले खोले पनि कांग्रेसभित्र ‘गाँठो’ बाँकी : एकता कुरा, अविश्वास गहिरो

काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...

यस्तो छ आजका लागि कालीमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...

बेनीमा शान्ति पार्क बनाउने योजना अन्योलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending