Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई प्रभु साहको सुझाव

खबरडबली संवाददाता

काठमाडौं । पूर्व मन्त्री आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं संघीय सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।

देशका युवालाई यदी नेपालमै रोजगार दिन सकिँदैन भने कुर्सीमा बस्ने अधिकार नभएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका हुन् । मंगलवार  प्रतिनिधिसभाको बसेको बैठकमा आर्थिक बर्ष २०८१/०८२ को बजेटमा आफ्नो सुझाव राख्दै नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएका लाई नेपाल फर्काएर नेपालमै रोजगार दिनुपर्ने बिषय बजेटमा समावेश नगरिएको उनले टिप्पणी गरेका छन् । 

‘रोजगारको अधिकार मौलिक अधिकार हो । अहिले नेपालमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बनाइएको छ । के नेपालमा रोजगार प्रवद्र्धन गर्न सकिदैन् ? विदेशमा रोजगार प्रवद्र्धन गर्ने तर नेपालमा रोजगार प्रवद्र्धन गर्नै नहुने ? गृहमन्त्री लामिछानेलाई संकेत गर्दै साहले भने, ‘तपाईहरुले त भन्नुभएको थियो । लाखौं नेपालीलाई नेपाल ल्याउँछु, फर्काउछु । कार्यक्रममा त देखिएन् । 

लाखौं नेपालीलाई फर्काउने कार्यक्रम चाहिएको छ यति बेला । यदी तपाईले रोजगारी दिन सक्नुहुन्न भने नैतिकताले त्यहाँ बस्न मिल्दैन् । संविधानले त्यही भन्छ । यदी रोजगार दिनसक्नुहुन्न भने बेरोजगारलाई बेरोजगारी भत्ता दिनुस् । ति बेरोजगारहरु पनि बाँच्न पाउँनुपर्छ । यसमा सरकारको गम्भिरता देखिएन् ।’

यस्तै नेपालमा कार्यरत घरेलु कामदारको हकअधिकारका लागि कानून निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ठुलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरुको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको साहले बताए । 

‘ठुल्लाबडाको घरमा काम गर्नेहरु (घरेलु कामदार) पनि नेपाली नै हुन् । उसले पनि यो संविधानमा, यो राज्यमा आफ्नो हक राख्छ । तर उनीहरुसंग किन विभेद गरियो ? राज्यको जागिर गर्ने सरकारी कर्मचारीको जागिर स्थायी हुनुपर्ने । फ्याक्ट्र, उधोगमा काम गर्नेको हकअधिकार सुरक्षित हुनुपर्ने । ट्रेड युयिनयनको अधिकार पाउँनुपर्ने’ साहले भने, ‘तर ठुल्लाबडाको घरमा काम गर्नेहरु विश्वासको आधारमा काम गर्नुपर्ने ? जिवन अन्योल र अनिश्चितताको बाँच्नुपर्ने ? निगाहको जिवन बाँच्नुपर्ने ? त्यसमा हामीले सामनता ल्याउँनु हुदैन् ? अहिलेको बजेटमा अपेक्षा गरेका थियौं की तिनीहरुको हकअधिकार सुनिश्चित हुने उनीहरु पनि सम्मानका साथ काम गर्न पाउँने किसिमको हुनुपर्ने तर त्यो देखिएन् । हामी चाहन्छौ घरेलु कामदार सम्बन्धी ठोस कानून ल्याउँनुस् । उनीहरुको भविष्यको ग्यारेनटी गर्नुस् ।’

यस्तै शिक्षामा असमानता र सम्प्रदायिक रहेको भन्दै उनले नेपालमा गुणस्तरीय शिक्षाको व्यवस्था हुनुपर्ने माग गरे । त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र र भ्रष्टाचार गर्ने अखडा बनेको टिप्पणी साहले गरेका छन् । साहले नेपालको विश्वविद्यालय विहारभन्दा नि गएगुज्रेको भईसकेको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए । 

सम्प्रदायिक सोचबाट माथि उठन जरुरी छ । यो त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र भएको छ । राजनीतिक पार्टीको भागबण्डाको सिकार भएको छ । भ्रष्टाचारको अडा बनेका छन्’ साहले प्रश्न गरे, ‘हरेक पालिकामा उच्च शिक्षा चाहिदैन ? कम्तिमा जिल्लामा त आंगिक कलेज दिनुस् । विश्वविद्यालयहरुको स्तर उठाउनुस् । हामी कुनै बेला सुन्थ्यौं बिहारको शिक्षा खराब छ तर अहिले नेपालको विश्वविद्यालयहरु त्यो भन्दा पनि गएगुज्रेको भयो । मान्छेहरुले यहाँ भविष्य देख्नै छोड्यो । विदेश पलाय बढिरहेको छ त्यसलाई रोक्ने गरी बजेट आउँनुपर्थ्यो ।’

यस्तै साहले किसानका तराई मधेसमा कोल्ड स्टोर निर्माण हुने गरी बजेट आउँनुपर्नेमा त्यस्तो नभएको टिप्पणी गरेका छन् । ‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्’ साहले भने, ‘तराई, मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: