Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई प्रभु साहको सुझाव

खबरडबली संवाददाता

काठमाडौं । पूर्व मन्त्री आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं संघीय सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।

देशका युवालाई यदी नेपालमै रोजगार दिन सकिँदैन भने कुर्सीमा बस्ने अधिकार नभएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका हुन् । मंगलवार  प्रतिनिधिसभाको बसेको बैठकमा आर्थिक बर्ष २०८१/०८२ को बजेटमा आफ्नो सुझाव राख्दै नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएका लाई नेपाल फर्काएर नेपालमै रोजगार दिनुपर्ने बिषय बजेटमा समावेश नगरिएको उनले टिप्पणी गरेका छन् । 

‘रोजगारको अधिकार मौलिक अधिकार हो । अहिले नेपालमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बनाइएको छ । के नेपालमा रोजगार प्रवद्र्धन गर्न सकिदैन् ? विदेशमा रोजगार प्रवद्र्धन गर्ने तर नेपालमा रोजगार प्रवद्र्धन गर्नै नहुने ? गृहमन्त्री लामिछानेलाई संकेत गर्दै साहले भने, ‘तपाईहरुले त भन्नुभएको थियो । लाखौं नेपालीलाई नेपाल ल्याउँछु, फर्काउछु । कार्यक्रममा त देखिएन् । 

लाखौं नेपालीलाई फर्काउने कार्यक्रम चाहिएको छ यति बेला । यदी तपाईले रोजगारी दिन सक्नुहुन्न भने नैतिकताले त्यहाँ बस्न मिल्दैन् । संविधानले त्यही भन्छ । यदी रोजगार दिनसक्नुहुन्न भने बेरोजगारलाई बेरोजगारी भत्ता दिनुस् । ति बेरोजगारहरु पनि बाँच्न पाउँनुपर्छ । यसमा सरकारको गम्भिरता देखिएन् ।’

यस्तै नेपालमा कार्यरत घरेलु कामदारको हकअधिकारका लागि कानून निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ठुलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरुको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको साहले बताए । 

‘ठुल्लाबडाको घरमा काम गर्नेहरु (घरेलु कामदार) पनि नेपाली नै हुन् । उसले पनि यो संविधानमा, यो राज्यमा आफ्नो हक राख्छ । तर उनीहरुसंग किन विभेद गरियो ? राज्यको जागिर गर्ने सरकारी कर्मचारीको जागिर स्थायी हुनुपर्ने । फ्याक्ट्र, उधोगमा काम गर्नेको हकअधिकार सुरक्षित हुनुपर्ने । ट्रेड युयिनयनको अधिकार पाउँनुपर्ने’ साहले भने, ‘तर ठुल्लाबडाको घरमा काम गर्नेहरु विश्वासको आधारमा काम गर्नुपर्ने ? जिवन अन्योल र अनिश्चितताको बाँच्नुपर्ने ? निगाहको जिवन बाँच्नुपर्ने ? त्यसमा हामीले सामनता ल्याउँनु हुदैन् ? अहिलेको बजेटमा अपेक्षा गरेका थियौं की तिनीहरुको हकअधिकार सुनिश्चित हुने उनीहरु पनि सम्मानका साथ काम गर्न पाउँने किसिमको हुनुपर्ने तर त्यो देखिएन् । हामी चाहन्छौ घरेलु कामदार सम्बन्धी ठोस कानून ल्याउँनुस् । उनीहरुको भविष्यको ग्यारेनटी गर्नुस् ।’

यस्तै शिक्षामा असमानता र सम्प्रदायिक रहेको भन्दै उनले नेपालमा गुणस्तरीय शिक्षाको व्यवस्था हुनुपर्ने माग गरे । त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र र भ्रष्टाचार गर्ने अखडा बनेको टिप्पणी साहले गरेका छन् । साहले नेपालको विश्वविद्यालय विहारभन्दा नि गएगुज्रेको भईसकेको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए । 

सम्प्रदायिक सोचबाट माथि उठन जरुरी छ । यो त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र भएको छ । राजनीतिक पार्टीको भागबण्डाको सिकार भएको छ । भ्रष्टाचारको अडा बनेका छन्’ साहले प्रश्न गरे, ‘हरेक पालिकामा उच्च शिक्षा चाहिदैन ? कम्तिमा जिल्लामा त आंगिक कलेज दिनुस् । विश्वविद्यालयहरुको स्तर उठाउनुस् । हामी कुनै बेला सुन्थ्यौं बिहारको शिक्षा खराब छ तर अहिले नेपालको विश्वविद्यालयहरु त्यो भन्दा पनि गएगुज्रेको भयो । मान्छेहरुले यहाँ भविष्य देख्नै छोड्यो । विदेश पलाय बढिरहेको छ त्यसलाई रोक्ने गरी बजेट आउँनुपर्थ्यो ।’

यस्तै साहले किसानका तराई मधेसमा कोल्ड स्टोर निर्माण हुने गरी बजेट आउँनुपर्नेमा त्यस्तो नभएको टिप्पणी गरेका छन् । ‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्’ साहले भने, ‘तराई, मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending