Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

बसाइँ सर्ने क्रम नराेकिँदा बस्ती रित्तिँदै, खेतबारी बाँझिदै

खबरडबली संवाददाता

दैलेख । एकदशक अघिसम्म चालिस परिवार बसोवास गर्ने गरेको दैलेखको भगवतीमाई गाउँपालिका–२ मा  बस्ती पाललिएको छ । सुविधासम्पन्न तथा रोजगारीका अवसर मिल्ने ठाउँमा बसाइँ  सर्ने क्रमसँगै गाउँमा यस्तो अवस्था देखिएको हो ।

अहिले त्यहाँ सात घरपरिवार मात्र बस्ने गरेका छन् । वडाभरिका अधिकांश गाउँका घर खाली भइसकेका भगवतीमाई गाउँपालिका–२ का खड्क शर्माले बताए । अहिले गाउँमा रहेका पुराना घर जीर्ण र  खेतबारी बाँझै भएका उनको भनाई छ । शर्माले आँखा तराईतिर भएकाले पहाडमा कोही बस्नै नमान्दैन्ने गरेको बताए । 

उनहाँका अनुसार गाउँका केही मानिस तराई झरेका थिए तर अहिले त सबै आफन्त तराई सरेपछि गाउँ रित्तो भएको छ । पहाडमा बस्नेको सुखदुःखमा साथ दिने मानिस पनि नभएको उनले गुनासो गरे । भगवतीमाई गाउँपालिका–२ का मात्र होइन, गाउँ पालिकाका अधिकांश बस्तीमा बसाइँ सर्ने क्रम पछिल्ला दिनमा झन् बढ्दै गएको छ । पहाडी क्षेत्रमा उब्जाउ कम हुने र रोजगारीका अवसर पनि नहुने भएकाले तराई झर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

सहरमा रोजगारी भएकाहरू गाउँ फर्किन नमान्ने र रोजगारी खोज्नेहरू पनि सहर बजारमा बस्ने भएकाले गाउँ रित्तो हुनु स्वाभाविक भएको भगवतीमाई गाउँपालिका–४ का खेमराज थापाले बताए । 

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले युवालाई रोजगारीमा जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि बसाइँ सर्ने क्रम नरोकिएको बताए । पहिले गाउँघरतिर सडक थिएन । स्वास्थ्यका पूर्वाधार निर्माण भएका थिएनन्, शिक्षाको अवस्था पनि त्यस्तै थियो तर अहिले त स्थानीय सरकार गठन भएपछि गाउँमा धेरै परिवर्तन भएपनि गाउँ छाड्ने क्रम रोक्न नसकिएको उनले बताए । गाउँ रित्तो हुनु  नै दुर्भाग्य भएको उनले बताए ।

स्थानीय सरकारले नागरिकले अपेक्षा गरे अनुरूपका विकास गर्न नसकेको स्वीकार गर्दै उनले भने, “रोजगारीका अवसर दिन सकिएको छैन तर विकासका पूर्वाधार त प्रशस्त भएका छन् । रोजगारी नै सबैको प्राथमिकतामा परेकोले भौतिक विकासले मात्र बसाइँसराइ हुने क्रमलाई रोक्न सकिएन ।” ज्वाला माध्यमिक विद्यालयका शिक्षक कमल अधिकारीले भने, “धेरै गाउँ रित्ता भए, प्रशस्त अन्न फल्ने मलिला फाँट बाँझो भएका छन् । पहाडी क्षेत्रका लागि यो निकै संवेदनशील विषय भएको छ ।”

पहाडी क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी जस्ता आधारभूत कुराको विकास र सम्भावनाको खोजी गर्नेतर्फ कसैको ध्यान नगएका कारण पहाड रित्तिने अवस्थामा पुगेको उनको भनाइ छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy