पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्रीका लागि २४ घण्टा सोचेर नबस्ने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले पहिले पनि आफू परिस्थितिबाट प्रधानमन्त्री बनेको बताउँदै यस्एताे बताएका हुन् ।
'प्रधानमन्त्री मैले कसैसँग मागेर लिएको होइन, परिस्थितिले निर्माण गरेको हो । हिजो गिरिजाप्रसाद कोइरालाले अफर गर्नुभयो', उनले भने, 'माधव नेपाल कसैसँग झुक्ने मान्छे होइन । देशी विदेशी कुनै शक्तिले मलाई डोमिनेट गर्ने कुरा नसोचे हुन्छ । प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँ ।'
नेपालले प्रतिगमनकारी शक्तिहरूले टाउको उठाउन खोजे पनि संविधान कसैले उल्ट्याउन नसक्ने उनले बताए । 'अहिले पनि प्रतिगमनकारी शक्तिहरू छन् । परिवर्तन उल्ट्याउने सोच बनाइरहेका छन् । परिवर्तनबाट नेपाली समाज पछाडि जान सक्दैन', उनले भने, 'संविधान संशोधन गर्नुपर्नेछ भने गरौँ तर यसलाई उल्ट्याउने कुरा कल्पना पनि नगरे हुन्छ ।'
उनले समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउन चाहेको बताए । 'समाजवादी मोर्चा नयाँ ढङ्गले अघि बढाउन चाहिरहेका छौँ । प्रचण्डजीले प्रक्रिया अगाडी बढाउन आग्रह गर्नुभएको छ । विभिन्न घटक र समूहरुसँग कुरा भएको छ', उनले थपे, '५ वटा घटक एक ठाउँमा हुन तयार छन् । उपेन्द्र यादवलाई पनि ल्याउन खोजेका छौँ । एमालेलाई पनि सामेल गर्न खोजेको हो, आउन चाहेको छैन ।'
पूर्व प्रधानमन्त्री नेपालले एकीकृत समाजवादी कसैले फुटाउने कल्पना नगर्न चेतावनी दिए । 'हल्ला चलेको हो । दलको बैठक बोलाएको पनि हो । पार्टीभित्र त्यस्तो लक्षण छैन । पार्टीमा आयाराम र गयाराम भइरहन्छन् । गयाराम भन्दा आयाराम बढी छन्', उनले भने, 'तर पार्टी फुटाउने कोसिस कसैले गरेको छ भने त्यो सफल हुँदैन ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - १६:०८
काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...
आश्विन ७ गते, २०८१ - १६:०३
काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...
आश्विन ७ गते, २०८१ - १५:४४
रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...
आश्विन ७ गते, २०८१ - १५:४२
खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...
आश्विन ७ गते, २०८१ - १५:३५
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...
आश्विन ७ गते, २०८१ - १५:३०
काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...
आश्विन ७ गते, २०८१ - १४:५४
कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ। सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई नद...
आश्विन ७ गते, २०८१ - १४:५१
काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...
आश्विन ७ गते, २०८१ - १४:४८
काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...
आश्विन ७ गते, २०८१ - १४:४०
काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...
प्रतिकृया लेख्नुहोस्: