Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

यमनमा आफ्ना कर्मचारीमाथि लगाइएको ‘अपमानजनक आरोप’ को राष्ट्रसङ्घद्वारा खण्डन

खबरडबली संवाददाता

एजेन्सी । यमनका हुथी विद्रोहीले हिरासतमा लिएका राष्ट्रसङ्घीय कर्मचारी र अन्य सहायताकर्मीलाई तत्काल र बिनाशर्त रिहा गर्न संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले माग गरेका छन् । 

हुथी विद्रोही समूहले गत साता पक्राउ परेका व्यक्ति अमेरिका–इजरायली जासुसी सञ्जालको हिस्सा भएको र उनीहरूले अन्तर्राष्ट्रिय सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय निकायको आवरणमा काम गरेको बताएको छ । 

तुर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “म हाम्रा कर्मचारीमाथि लगाइएका घृणित आरोपलाई स्पष्ट रूपमा खण्डन गर्दछु, र उनीहरूको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दछु ।” संयुक्त राष्ट्रसङ्घ र सहायता समूहले गत साता इरान समर्थित विद्रोहीले एक दर्जनभन्दा बढी सहायताकर्मीहरूलाई हिरासतमा लिएको बताएका थिए । 

लामो समयदेखि जारी गृहयुद्धमा सम्लग्न हुथी विद्रोही सम्मिलित युद्धले विश्वकै सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको भन्दै कति जनालाई पक्राउ गरिएको छ भन्ने बारे केही खुलाएको छैन् । विद्रोहीहरूले सन्  २०१४ सेप्टेम्बरमा राजधानी सानामा कब्जा जमाएपछि सन् २०१५  मार्चमा सरकारलाई साउदी नेतृत्वको सैन्य हस्तक्षेपद्वारा सहयोग गरिएको थियो । 

संयुक्त राष्ट्रसङ्घको तर्फबाट विस्तृत विवरण प्रस्तुत गर्दै तुर्कले जारी गरेको वक्तव्यमा भनिएको छ, “राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय निकायका १३ जना कर्मचारीलाई हिरासतमा लिइएको र उनीहरूको अवस्थाबारे जानकारी दिइएको छैन् । 

उनले भने, “म यमनको सानास्थित सरकारी अधिकारीसँग संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा मानवीय गतिविधिमा सहयोग गर्ने अन्य व्यक्तिहरूसँग आबद्ध भएको आरोपमा हिरासतमा लिइएका अन्य व्यक्तिहरूलाई तत्काल र बिनाशर्त रिहा गर्ने पहलका लागि आग्रह गर्दछु ।”

यमनको मेयुन अर्गनाइजेसन फर ह्युमन राइट्सले यमनका १८ जना सहायताकर्मीलाई विद्रोहीको कब्जामा रहेको चार स्थानमा अपहरण गरिएको जनाएको छ । ह्युमन राइट्स वाचका अनुसार सन् २०१४ मा यमनको द्वन्द्व सुरु भएयता हुथी विद्रोहीले संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थाका कार्यकर्तासहित सयौं सर्वसाधारणलाई अपहरण गर्ने, स्वेच्छाचारी रूपमा हिरासतमा राख्ने र यातना दिने गरिरहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending