एजेन्सी । यमनका हुथी विद्रोहीले हिरासतमा लिएका राष्ट्रसङ्घीय कर्मचारी र अन्य सहायताकर्मीलाई तत्काल र बिनाशर्त रिहा गर्न संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले माग गरेका छन् ।
हुथी विद्रोही समूहले गत साता पक्राउ परेका व्यक्ति अमेरिका–इजरायली जासुसी सञ्जालको हिस्सा भएको र उनीहरूले अन्तर्राष्ट्रिय सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय निकायको आवरणमा काम गरेको बताएको छ ।
तुर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “म हाम्रा कर्मचारीमाथि लगाइएका घृणित आरोपलाई स्पष्ट रूपमा खण्डन गर्दछु, र उनीहरूको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दछु ।” संयुक्त राष्ट्रसङ्घ र सहायता समूहले गत साता इरान समर्थित विद्रोहीले एक दर्जनभन्दा बढी सहायताकर्मीहरूलाई हिरासतमा लिएको बताएका थिए ।
लामो समयदेखि जारी गृहयुद्धमा सम्लग्न हुथी विद्रोही सम्मिलित युद्धले विश्वकै सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको भन्दै कति जनालाई पक्राउ गरिएको छ भन्ने बारे केही खुलाएको छैन् । विद्रोहीहरूले सन् २०१४ सेप्टेम्बरमा राजधानी सानामा कब्जा जमाएपछि सन् २०१५ मार्चमा सरकारलाई साउदी नेतृत्वको सैन्य हस्तक्षेपद्वारा सहयोग गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घको तर्फबाट विस्तृत विवरण प्रस्तुत गर्दै तुर्कले जारी गरेको वक्तव्यमा भनिएको छ, “राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय निकायका १३ जना कर्मचारीलाई हिरासतमा लिइएको र उनीहरूको अवस्थाबारे जानकारी दिइएको छैन् ।
उनले भने, “म यमनको सानास्थित सरकारी अधिकारीसँग संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा मानवीय गतिविधिमा सहयोग गर्ने अन्य व्यक्तिहरूसँग आबद्ध भएको आरोपमा हिरासतमा लिइएका अन्य व्यक्तिहरूलाई तत्काल र बिनाशर्त रिहा गर्ने पहलका लागि आग्रह गर्दछु ।”
यमनको मेयुन अर्गनाइजेसन फर ह्युमन राइट्सले यमनका १८ जना सहायताकर्मीलाई विद्रोहीको कब्जामा रहेको चार स्थानमा अपहरण गरिएको जनाएको छ । ह्युमन राइट्स वाचका अनुसार सन् २०१४ मा यमनको द्वन्द्व सुरु भएयता हुथी विद्रोहीले संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थाका कार्यकर्तासहित सयौं सर्वसाधारणलाई अपहरण गर्ने, स्वेच्छाचारी रूपमा हिरासतमा राख्ने र यातना दिने गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: