Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सिन्धुपाल्चोक-२ मा युवराज दुलालको घरदैलो तीव्र

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाका उम्मेदवार युवराज दुलाल “शरद” विकासको निरन्तरता, स्थायित्व र परिणाममुखी कार्यान्वयनलाई मुख्य एजेन्डा बनाउँदै घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्। पछिल्ला दिनमा उनी गाउँ–टोल, बस्ती र बजार क्षेत्रमा पुगेर प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रयासरत छन्।

औपचारिक आमसभाभन्दा प्रत्यक्ष भेटघाटलाई प्रभावकारी माध्यम मान्दै दुलाल मतदातासँग साक्षात्कार गरिरहेका छन्। साना अन्तरक्रियात्मक कार्यक्रममार्फत स्थानीयका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले आफ्ना योजनाबारे स्पष्ट धारणा राखिरहेका छन्। “जनताको विश्वास जित्ने आधार प्रत्यक्ष संवाद नै हो,” उनले एक कार्यक्रममा भने, “घोषणापत्रमा सीमित नभई कामको निरन्तरता र परिणाम देखिनुपर्छ।” घरदैलो अभियानका क्रममा देखिएको स्थानीय उत्साहले उनलाई जितको नजिक पुर्‍याएको समर्थकहरूको दाबी छ।

दुलालले यसअघि सुरु गरिएका पूर्वाधार योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ग्रामीण सडक स्तरोन्नति, खानेपानी आयोजनाको विस्तार, सिँचाइ व्यवस्थापन तथा कृषि उत्पादनको बजार सुनिश्चितता उनका प्राथमिक एजेन्डा हुन्। कृषकलाई उत्पादनमै सीमित नराखी बजार र मूल्य सुनिश्चिततासम्म जोड्ने नीति आवश्यक रहेको उनको भनाइ छ। स्थानीय तहमा सुरु भएका कतिपय अधुरा योजनालाई समयमै सम्पन्न गरिने आश्वासन पनि उनले दिएका छन्।

युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रवर्द्धन गर्ने विशेष कार्यक्रम ल्याउने तयारीसमेत उनले सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीलाई मात्र विकल्प मान्ने प्रवृत्तिमा परिवर्तन ल्याउँदै स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उनको योजना छ। “युवालाई अवसर दिन सके गाउँमै सम्भावना छ,” उनले भने, “सीप, लगानी र बजारलाई जोड्ने स्पष्ट योजना आवश्यक छ।”

उनले अघि सारेको “विकासको बाकस” अवधारणालाई यसपटक थप परिमार्जित र विस्तारित ढाँचामा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। दीर्घकालीन योजना, पारदर्शी बजेट व्यवस्थापन र नियमित अनुगमनमार्फत परिणाममुखी विकास सुनिश्चित गरिने उनको दाबी छ। प्रदेश तहमा जिम्मेवारी सम्हालिसकेको अनुभवलाई संघीय स्तरमा उपयोग गर्दै क्षेत्र नम्बर २ लाई नमूना विकास क्षेत्र बनाउने लक्ष्य उनले अघि सारेका छन्।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले रोजगारी, कृषि उपजको उचित मूल्य, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा मुख्य प्राथमिकता भएको बताएका छन्। दुलालले ती विषयलाई नीतिगत प्राथमिकतामा समेट्ने आश्वासन दिँदै “विकासलाई नारामा होइन, नतिजामा देखाउने” प्रतिबद्धता दोहोर्‍याएका छन्।

उता, अन्य उम्मेदवारहरू पनि सक्रिय बन्दै जाँदा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending