Ntc summer Offer
Khabar Dabali ७ भाद्र २०८२ शनिबार | 23rd August, 2025 Sat
Investment bank

शपथ ग्रहणको भोलिपल्टै सांसद राईले दिइन् पदबाट राजीनामा

खबरडबली संवाददाता

काठमाडौं । सिक्किम विधानसभा चुनावमा भारी जित हासिल गरेका मुख्यमन्त्री प्रेमसिंह तामाङले शपथ लिएको भोलिपल्टै उनकी पत्नी कृष्णकुमारी राईले सांसद पदबाट राजीनामा दिएकी छन् ।

भर्खरै सम्पन्न विधानसभा चुनावमा कृष्ण कुमारी राईले सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का उम्मेदवार विमल राईलाई पराजित गर्दै नामची-सिंघिथाङ सिटमा विजयी भएकी थिइन्।

विधानसभा सचिव ललितकुमार गुरुङले सिक्किम क्रान्तिकारी मोर्चाकी नेतृ कृष्णकुमारी राईको राजीनामा सभामुख एमएन शेर्पाले स्वीकृत गरेको जानकारी दिए । अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुको सपथ ग्रहण समारोहमा सहभागी हुन मुख्यमन्त्री अहिले इटानगर पुगेका छन् ।

श्रीमतीको राजीनामाबारे प्रेमकुमार तामाङले भने, ‘पार्टीको सर्वसम्मतिको निर्णयअनुसार मेरी श्रीमतीले सिट छाड्नुभएको आदरणीय जनप्रतिनिधिलाई जानकारी गराउन चाहन्छु । पार्टीको हित र उद्देश्यलाई प्राथमिकता दिएर उहाँले यो काम गर्नुभएको छ ।’

मुख्यमन्त्री तामाङले भने, ‘कृष्णकुमारी राई एसकेएम पार्टीको संसदीय समितिको आग्रहमा चुनाव लड्नुभएको थियो भन्ने कुरा ध्यान दिनु जरुरी छ । पार्टीको तर्फबाट अध्यक्षको हैसियतले उहाँको समर्पण र अटल सहयोगको लागि उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

एसकेएम प्रमुखले भने ‘पार्टीले सिक्किमका जनताको सेवा गर्ने वास्तविक र समर्पित पदाधिकारीहरूलाई अवसर दिन प्रतिबद्ध छ। नाम्ची-सिंघिथाङ निर्वाचन क्षेत्रको हकमा पनि यहाँका बासिन्दाले आफ्नो हित पूरा गर्ने समर्पित र सच्चा विधायक पाउनेछन् । म्याडम कृष्णा राई र म तपाईको आवश्यकता पूरा गर्न पूर्णरुपमा लाग्नेछौं।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै अविभाज्य भूभाग : चार जनसंगठनको आपत्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले भारत–चीनबीच भएको लिपुलेक व्यापारिक सम्झौता तथा त्यसमा नेपालको सार्वभौमसत्तामाथि परेको आघातप्र...

वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन अनुरोध

पर्सा । पर्साको वीरगञ्ज महानगर–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साकालगायत निकायका टोली श...

रानी जमरा कुलरिया आयोजनाः १५ वर्ष सम्मपनि पुगेन किसानको खेतमा पानी

काठमाडौं । कैलालीका किसानहरूले १५ वर्षअघि ठूलो आशा बोकेका थिए— रानी जमरा कुलरिया सिँचाइ आयोजना पूर्णत: सञ्चालन भएपछि वर्षैभरि खेतमा पानी पुग्नेछ, उब्ज...

कुशे औंसी : पितृ सम्मान र कुश भित्र्याउने परम्परा

काठमाडौं । आज वैदिक सनातन धर्मावलम्बीहरूले कुशे औंसी पर्व मनाउँदैछन्। भाद्र कृष्ण औंसीका दिन मनाइने यस पर्वमा घर–घरमा पवित्र कुश भित्र्याएर वर्षभरि दे...

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभ...

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चतिवन  । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्ख...

हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै सडक अवरुद्ध हुँदा यात्रु अलपत्र

काठमाडौं । संघीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन् । पहिरोले कुलेखानी हेटौँड...

बुबाको मुख हेर्ने दिनः दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन। ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ म...

भाद्रकृष्ण औँसीः पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

काठमाडौं । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजार...

मनको स्मृतिमा स्वर्गीय पिता‍‍...

जीवनमा मानिसले धेरै अनुभूति गर्छ खुसी, पीडा, सफलताका क्षण र हारका पलहरू। तर, पिता गुमाएको पीडा भने ती सबैभन्दा गहिरो र अविस्मरणीय अनुभवमध्ये एक हुन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending