काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त ९सिके० राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताएको छन् ।
गणतन्त्र दिवस–२०८१ को अवसर पारेर राष्ट्रिय समाचार समिति ९रासस०ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपश्चात् अध्यक्ष डा राउतले गणतन्त्रपछिको उपलब्धिलाई ेप्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गरे ।
“गणतन्त्रप्राप्तिपछिको उपलब्धिलाई समेटेर राससले गरेको तस्बिर प्रदर्शनी आफैमा महत्वपूर्ण छ । यसले गणतन्त्रपछि विकास र आर्थिक समृद्धिको यात्रामा मुलुक अगाडि बढेको छ भन्ने सन्देश दिएको छ”, अध्यक्ष डा राउतले भने, “गणतन्त्र आइसकेपछि यसका बारेमा नयाँ पुस्तामा गणतन्त्रको विरुद्धमा भास्यहरु सिर्जना गर्ने काम भइरहेका छन् । अनेक भ्रम फैलाएर निराशाको वातावरण सिर्जना गर्ने काम भएको छ । त्यस्तो पृष्ठभूमिमा राससको तस्बिर प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने मैले अपेक्षा गरेको छु ।”
विगत एक दशकको तुलना गर्दा नेपालको जलविद्युत्, शिक्षालगायत क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको र एक किसिमले देशको विकासले फड्को मारेको अध्यक्ष डा राउतको भनाइ थियो । उनले गणतन्त्र प्राप्ति पछिको समयमा विकास र पूर्वाधारको क्षेत्रमा कति प्रगति भएको छ, भन्ने विषयलाई पनि राससको तस्बिर प्रदर्शनीले उजागर गरेको उल्लेख गरे।
“विगतमा दुर्गम क्षेत्रसम्म सडक सञ्जाल पुगेको थिएन । नागरिकहरु कुनाकाप्चामा छरपष्ट रुपमा बसेका थिए । सडकले नागरिकको सम्बन्धलाई जोडेको छ”, अध्यक्ष डा राउतले भने–“भौतिक पूर्वाधारहरु थपिँदै गएका छन् । प्रादेशिक गौरवका योजना पनि बने । यि सबै यस अगाडिको शासनकालमा बन्न सकेका थिएनन । यसलाई राससद्वारा प्रदर्शित तस्बिरहरुले प्रष्ट पार्ने काम गरेको छ ।”
विगत दुई सय वर्षमा जति सडक सञ्जाल निर्माण गरिएको थियो त्योभन्दा कयौँ गुणा यो पछिल्लो ६, ७ वर्षमा तीन तहका सरकार आइसकेपछि बनेका उनले बताए। गाउँघरमा सडक, शिक्षा, स्वास्थ्यलगायत नागरिकका आधारभूत सेवा सुनिश्चित भएको सन्दर्भमा गणतन्त्रको सकारात्मक उपलब्धिप्रति खासगरी नयाँ पुस्ताले चासो राख्नुपर्ने अध्यक्ष डा राउतको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८२ - १६:५४
काठमाडौँ। प्रहरीले ठुलो परिणाममा हजार दरका नेपाली रुपियाँका नक्कली नोट कारोवारीहरुलाई पक्राउ गरेको छ । प्रहरीले १२९३ गोटा नक्कली नोट सहित दुई जनालाई प...
श्रावण १ गते, २०८२ - १६:३६
सिद्धार्थनगर। रूपन्देहीको तिलोत्तमा–५, प्रेमनगरस्थित एकै घरबाट २३ वटा ‘बेबी कोब्रा’ को उद्धार गरिएको छ। एउटै घरमा यति ठुलो सङ्ख्यामा कोब्रा भेटिनु दुर...
श्रावण १ गते, २०८२ - १६:२४
काठमाडौँ। सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्...
श्रावण १ गते, २०८२ - १६:२१
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता ...
श्रावण १ गते, २०८२ - १६:०८
काठमाडौं । निजामती सेवा विधेयकअन्तर्गतको कुलिङ पिरियड प्रावधानका सम्बन्धमा भएको त्रुटिबारे छानबिनका लागि बनेको समितिले राज्य व्यवस्था तथा सुशासन समिति...
श्रावण १ गते, २०८२ - १५:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफल सुरु भएको छ । राष्ट्रिय सभागृहमा सभा सुरु गर्दै मेयर बालेन शाहले ...
श्रावण १ गते, २०८२ - १५:२१
काठमाडौँ। नेपाल सरकारले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गरेको छन् । उनले असार ...
श्रावण १ गते, २०८२ - १५:११
जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्याल...
श्रावण १ गते, २०८२ - १५:०२
काठमाडौँ। महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्...
श्रावण १ गते, २०८२ - १४:५१
जनकपुरधाम। नेपाल–भारत खुला सीमाबाट हुने अपराधजन्य गतिविधि फेरि एक पटक सुरक्षाका दृष्टिकोणले गम्भीर चिन्ताको विषय बनेको छ । हालै मात्र धनुषा प्रहरीले स...
प्रतिकृया लेख्नुहोस्: