एजेन्सी । महिला जननाङ्ग विकृति (एफजीएम) प्रक्रियाका लागि युवतीहरुलाई उनीहरुको परिवारले अन्य देशहरुमा लैजाने क्रम बढ्दो भएपछि यस विरुद्धको लडाइँ कमजोर भइरहेको संयुक्त राष्ट्र सङ्घले शुक्रबार चेतावनी दिएको छ ।
यसले सीमापार र अन्तरदेशीय एफजीएमको समस्या समाधान गर्न ठोस विश्वव्यापी कारबाही आवश्यक रहेको बताएको छ ।
धेरै देशहरूले एफजीएम उन्मूलन गर्ने प्रयासहरू बढाएको छ । यो अभ्यास विश्वभर जारी रहे पनि केही क्षेत्रका मानिसहरुले युवतीहरूलाई गोप्य रुपमा विदेश लगेर यो प्रक्रिया गराउने अभ्यासका कारण यस्तो अवस्था आएको संयुक्त राष्ट्र मानव अधिकार कार्यालयबाट जारी प्रतिवेदनले जनाएको छ ।
विशेष गरी युरोप र उत्तरी अमेरिकाका परिवारहरूले आफ्ना छोरीहरूलाई स्कूल बिदाको समयमा एफजीएम गर्न आफ्नो मूल समुदायमा लैजाने गरेको कार्यालयले जनाएको छ । अफ्रिकाका अधिकांश देशहरूले यस अभ्यासलाई अपराधीकरण गरेको भएतापनि केही देशहरूले 'अन्तरदेशीय एफजीएम हबहरू' को रूपमा सेवा गरेको प्रतिवेदनले जनाएको छ ।
महिला जननाङ्ग विकृति लैङ्गिक हिंसाको हिस्सा भएको जनाउदै मानव अधिकारको सम्मान गर्ने ब्रह्माण्डमा यसको कुनै स्थान नभएको संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा जनाए ।
राष्ट्रसङ्घींय बाल एजेन्सी (युनिसेफ)ले एफजीएमलाई “महिलाको बाह्य अङ्गहरु गैर–चिकित्सा कारणले आंशिक वा पूर्ण रूपमा हटाउने भनेर परिभाषित गरेको छ । यसले सङ्क्रमण, रक्तस्राव, बाझोपन र प्रसवमा हुने जटिलताहरूसहित गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने युनिसेफले जनाएको छ ।
राष्ट्रसङुघकोे यौन र प्रजनन स्वास्थ्य एजेन्सी (युएनएफपिए)का अनुसार आज जीवित २० करोडभन्दा बढी बालिका र महिलाहरूको एफजीएम भइसकेको छ ।
यदि यो अभ्यास हालको गतिमा जारी रह्यो भने सन् २०१५ देखि २०३० को बीचमा अनुमानित ६८ मिलियन केटीहरूको एफजीएमको सिकार हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: