Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

रोहिणी १ को उत्कृष्ट विद्यार्थीहरु पुस्स्कृत

खबरडबली संवाददाता

भैरहवा । रुपन्देहीको रोहिणी गाँउपालिका वडा नं. १ ले वडामा रहेका कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ ।  

वडामा रहेका विद्यालय तथा मदरसाको विद्यार्थीहरुको मनोबल बढाउन जेहेन्दार तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई वडा कार्यालयले साइकल, मेडल, व्याग र शैक्षिक सामाग्री सहित पुरस्कृत गरेको हो । स्थानीय सरकार आएसँगै विद्यार्थीहरुमा प्रोत्साहन गर्ने गरी पहिलो कार्यक्रम वडा स्तरबाट गर्न लागिएको हो । यसले शिक्षाको नतिजामा सुधार ल्याई विद्यार्थीहरु बीच  प्रतिस्पार्धात्मक बनाउने मद्धत पुग्ने रोहिणी गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष आविद अलि पठानलले भने । 

वडामा अध्ययनरत समुदायिक विद्यालय र मदरसाका कक्षागत रुपमा प्रथम दितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई यस वर्ष देखि प्रोत्साहन पुरस्कारको व्यवस्था गरेका छौ । आगामी वर्षमा यसलाई अझै बढाउदै लाने गरि बजेट समेत विनियोजन गर्ने पठानले भने । शिक्षक र विद्यार्थीहरुको मिहनेतले मात्रै शिक्षामा परिवर्तन गर्न सम्भव रहेको हुँदा शिक्षाको नतिजा उत्कृष्ट ल्याउनका लागि वडाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । 

वडाका सचिव राजकुमार मिश्राले वडा क्षेत्रमा रहेका सबै समुदायिक र मदरसाका विद्यार्थीहरु मध्येबाट बालविकास देखि कक्षा ७ सम्मका कक्षागत रुपमा प्रथम भएका विद्यार्थीहरुलाई मेडल र व्याग, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई मेडल, डायरी र कलमले पुरस्कृत गरिएको बताए । वडाकै तर्फबाट कक्षा ८, ९ र १०मा उत्कृष्ट भई प्रथम स्थान हासिल गर्ने ३ जनलाई प्रोत्साहन स्वरुप साइकल दिइएको बताए ।  वडा कार्यालयले र्चनपुरमा अवस्थित मदरसाबाट यस्के सुरुवात गरेको छ ।

एक कार्यक्रमका बीच ती उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । सो अवसरमा बोल्दै विद्यालयका प्राधानाध्यापक हैदर अलि, जग्गादाता रिजवानुल हक, शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष समसाद अहमद खा, वडा सदस्य अमिर हुसेन लगायतले विद्यार्थी प्रोत्साहन कार्यक्रमले शिक्षामा धेरै परिवर्तन ल्याउन सक्ने भएकोले प्रोत्साहन कार्यक्रमले विद्यार्थीैहरुको सिकाईलाई प्रतिस्पर्धात्मक बनाई नतिजामा ठूलो योग्दान दिने बताए । 

सिमित स्रोत साधान र जनशक्तिले मदरसा र विद्यालय चलाउनु पर्ने बाध्यता रहेपनि शिक्षाको विकासका लागि प्रयोगात्मक तथा शैधान्तिक शिक्षा समानरुपमा दिनु पर्ने बताए । यस्तो सम्मानले पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन हुने भएकोले यसलाई निरन्तरता दिदै जानु पर्ने बताए । 

चैनपुर मदरसा कक्षा १० सम्मको अनुमति प्राप्त भएपनि उच्च शिक्षाका लागि विद्यार्थीहरु बाहिरीनु पर्ने र टाढा नगई १० कक्षा सम्ममै स्थगित गर्नु पर्ने बाध्यता रहेकोले कक्षा १२ सम्मको अनुमतिका लागि मदरसा समितिले पालिकालाई प्रस्ताव गरेको छ । मदरसामा १८ जना जनशक्ति भएपनि पालिकाले २ जनाको मात्रै दरबन्दी गरेकोले सहयोगको भरमा चलेको मदरसामा पूर्वाधार तथा जनशक्तिको विकासमा पालिकाले चासो दिनु पर्ने बताए । 
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

काठमाडौं । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।  इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्र...

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि  रेडियोकलर जडा...

काठमाडौं महानगरद्वारा बुद्धमाई अस्पताललाई एकलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण एक लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्...

दसैँभर कोशी प्रदेशमा २६९ दुर्घटना हुँदा १४ जनाको मृत्यु

माेरङ । कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत...

हेमांग बदानी बने दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक

काठमाडौं । पुर्व क्रिकेटर हेमांग बदानी आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बनेका छन् । बदानीले अब पुर्व प्रशिक्षक रिक्की पोन्टिङको स्थान लि...

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरिएको छ । सरकारको गत असोज ६ गते बनाएको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम वि...

धादिङमा एक वृद्धा मृत फेला

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका– ६ कुम्पुरभञ्ज्याङस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएकी छिन् । ८६ वर्षीया सुन्तली घले गएराति घरनजिकै मृत अवस्थामा भ...

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले द...

साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुव...

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला । जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy