भैरहवा । रुपन्देहीको रोहिणी गाँउपालिका वडा नं. १ ले वडामा रहेका कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ ।
वडामा रहेका विद्यालय तथा मदरसाको विद्यार्थीहरुको मनोबल बढाउन जेहेन्दार तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई वडा कार्यालयले साइकल, मेडल, व्याग र शैक्षिक सामाग्री सहित पुरस्कृत गरेको हो । स्थानीय सरकार आएसँगै विद्यार्थीहरुमा प्रोत्साहन गर्ने गरी पहिलो कार्यक्रम वडा स्तरबाट गर्न लागिएको हो । यसले शिक्षाको नतिजामा सुधार ल्याई विद्यार्थीहरु बीच प्रतिस्पार्धात्मक बनाउने मद्धत पुग्ने रोहिणी गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष आविद अलि पठानलले भने ।
वडामा अध्ययनरत समुदायिक विद्यालय र मदरसाका कक्षागत रुपमा प्रथम दितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई यस वर्ष देखि प्रोत्साहन पुरस्कारको व्यवस्था गरेका छौ । आगामी वर्षमा यसलाई अझै बढाउदै लाने गरि बजेट समेत विनियोजन गर्ने पठानले भने । शिक्षक र विद्यार्थीहरुको मिहनेतले मात्रै शिक्षामा परिवर्तन गर्न सम्भव रहेको हुँदा शिक्षाको नतिजा उत्कृष्ट ल्याउनका लागि वडाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
वडाका सचिव राजकुमार मिश्राले वडा क्षेत्रमा रहेका सबै समुदायिक र मदरसाका विद्यार्थीहरु मध्येबाट बालविकास देखि कक्षा ७ सम्मका कक्षागत रुपमा प्रथम भएका विद्यार्थीहरुलाई मेडल र व्याग, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई मेडल, डायरी र कलमले पुरस्कृत गरिएको बताए । वडाकै तर्फबाट कक्षा ८, ९ र १०मा उत्कृष्ट भई प्रथम स्थान हासिल गर्ने ३ जनलाई प्रोत्साहन स्वरुप साइकल दिइएको बताए । वडा कार्यालयले र्चनपुरमा अवस्थित मदरसाबाट यस्के सुरुवात गरेको छ ।
एक कार्यक्रमका बीच ती उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । सो अवसरमा बोल्दै विद्यालयका प्राधानाध्यापक हैदर अलि, जग्गादाता रिजवानुल हक, शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष समसाद अहमद खा, वडा सदस्य अमिर हुसेन लगायतले विद्यार्थी प्रोत्साहन कार्यक्रमले शिक्षामा धेरै परिवर्तन ल्याउन सक्ने भएकोले प्रोत्साहन कार्यक्रमले विद्यार्थीैहरुको सिकाईलाई प्रतिस्पर्धात्मक बनाई नतिजामा ठूलो योग्दान दिने बताए ।
सिमित स्रोत साधान र जनशक्तिले मदरसा र विद्यालय चलाउनु पर्ने बाध्यता रहेपनि शिक्षाको विकासका लागि प्रयोगात्मक तथा शैधान्तिक शिक्षा समानरुपमा दिनु पर्ने बताए । यस्तो सम्मानले पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन हुने भएकोले यसलाई निरन्तरता दिदै जानु पर्ने बताए ।
चैनपुर मदरसा कक्षा १० सम्मको अनुमति प्राप्त भएपनि उच्च शिक्षाका लागि विद्यार्थीहरु बाहिरीनु पर्ने र टाढा नगई १० कक्षा सम्ममै स्थगित गर्नु पर्ने बाध्यता रहेकोले कक्षा १२ सम्मको अनुमतिका लागि मदरसा समितिले पालिकालाई प्रस्ताव गरेको छ । मदरसामा १८ जना जनशक्ति भएपनि पालिकाले २ जनाको मात्रै दरबन्दी गरेकोले सहयोगको भरमा चलेको मदरसामा पूर्वाधार तथा जनशक्तिको विकासमा पालिकाले चासो दिनु पर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: