Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नेपालमा तिब्र गतिको बलरको खोजी गर्न वर्ल्डलिंकको 'बिट द स्पीड' अभियान

खबरडबली संवाददाता

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले 'बिट द स्पीड' अभियानमार्फत नेपालको सबैभन्दा तिब्र गतिको बलरको खोजी अभियान सुरु गरेको छ ।

'बिट द स्पीड' अभियान अन्तर्गत वैशाख २० गतेबाट नेपालभर १८ भन्दा बढी सहरहरूमा कार्यक्रमको आयोजना गरिएको थियो, जसमा २००० भन्दा बढी युवाहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए ।

पूर्व बिर्तामोड सहरबाट सुरु गरी दमक, इटहरी, विराटनगर, धरान, बर्दिबास, वीरगंज, हेटौडा, काठमाडौं, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, पोखरा, घोराही, नेपालगञ्ज, धनगढी तथा महेन्द्रनगरमा सम्पन्न भएको थियो ।

यो अभियान क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को सहयोगमा आयोजना गरिएको हो । नेपालका १८ सहरहरूमा युवाहरूको उत्साहजनक सहभागिता रहेको यस अभियानबाट उत्कृष्ट सात 'फास्टेस्ट बलर' हरु काठमाडौंमा अन्तिम  प्रतिस्पर्धाका लागि छानिएका छन् ।

लुम्बिनीबाट प्रदिप जैसवाल उमेर १९, हेटौडाबाट राहुल कुमार यादव उमेर १४, घोराहीबाट आयुष ओली उमेर १७, काठमाडौंबाट मिलन लुइँटेल उमेर २७, बुटवलबाट सन्देश थापा उमेर २१, महेन्द्रनगरबाट रबी दमाई उमेर १५ र धनगढीबाट आयुष द्वारीया उमेर १७ अन्तिम सात प्रतियोगिका रूपमा छानिएका छन् । 

नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ए टिमका बलिङ प्रशिक्षक कलाम आलीले नेतृत्व गरिरहेको यस प्रशिक्षण कार्यक्रममा योग, फिटनेस तथा बलिङ प्रविधिसहित क्रिकेटका विभिन्न पक्षहरूको बारेमा सिकाइने जानकारी वर्ल्डलिंकले दिएको छ । यस प्रशिक्षण कार्यक्रमको अन्त्यमा सातै सहभागीहरुहरूको माझमा बलिङ स्पिड प्रतिस्पर्धा गराइने तथा त्यस प्रतिस्पर्धाको विजेतालाई भारतको चेन्नई स्थित प्रतिष्ठित; एमआरएफ पेस फाउन्डेसन' मा थप प्रशिक्षणका लागि निःशुल्क पठाइने छ ।  यस प्रतिस्पर्धाको सम्पूर्ण गतिविधिहरु सहितको श्रृङ्खला वर्ल्डलिंक कम्युनिकेसनको फेसबुक पेज तथा युट्युब च्यानल मार्फत प्रसारण गरिनेछ ।  

साथै यसको विजेता घोषणा समेत सोही भिडियो मार्फत गरिनेछ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सोमपाल कामी एम्बेस्डर रहेको यस 'बिट द स्पीड' अभियानले नेपालभर रहेका प्रतिभाहरूको उत्थान तथा उनीहरूको कौशलतालाई उजागर गरी भविष्यमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ । 

वर्ल्डलिंक कम्युनिकेसन द्वारा आयोजित यस्ता अभियानहरूले नेपालमा युवा प्रतिभालाई प्रोत्साहित गर्नुका साथै युवा खेलाडीहरुलाई खेलकुद तथा अन्य क्षेत्रमाहरु आफ्नो सपना पूरा गर्ने प्रेरणा प्रदान गर्ने आशा व्यक्त गरेको छ ।

'बिट द स्पीड' क्याम्पेनको सफल समापन वर्ल्डलिंक र नेपाली युवा समुदाय तथा उनीहरूको विकास र प्रतिभा पहिचानमा टेवा पुर्याउने निरन्तर प्रयासको अर्को कोसेढुंगाको रुपमा प्रस्तुत गरेको छ । साथै आउँदा दिनहरूमा पनि वर्ल्डलिंक कम्युनिकेसनले, यस्तै प्रकारका थप उत्कृष्ट कार्यक्रम तथा अभियानहरु सहित आउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस अभियानका सम्पूर्ण १८ वटा सहरहरुको प्रतिस्पर्धात्मक कार्यक्रमका भिडियोहरू यस कम्पनीको फेसबुक तथा युट्युब च्यानलमा उपलब्ध छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending