Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ : गृहमन्त्री लामिछाने

खबरडबली संवाददाता

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको र थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको बताएका छन् ।

विमानस्थल अध्यागमन कार्यालयको निरीक्षण अनुगमन गर्दै उनले अध्यागमनको सेवा सुधारका लागि विगत एक दशकदेखि नै आफ्नो चासो रहेको बताए । उनले भने, “अध्यागमनमा सुधार भएको छ । थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको छौँ, समितिले तीन महिनामा आफ्नो प्रतिवेदन दिने छ र अध्यागमनमा थप सुधार गर्न मद्दत गर्ने छ ।”

यसैगरी उनले गृह मन्त्रालय नेतृत्वको पटक–पटकको अनुगमन र निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सुधारका सङ्केतहरू देखा पर्न थालेका दाबी गरे । उनले भने, “नेपालमा पछिल्लो समय हुँदै गरेको परिवर्तनको आभास अध्यागमनबाटै पाएको छु, अध्यागमन देशको प्रवेशद्वार भएकाले परिवर्तनको आवास पनि द्वारबाटै दिन खोजिएको हो ।”

यसैगरी उनले आफूले कार्यभार ग्रहण गरेको आज एक सय  दिनको अवधिमा अध्यागमनमा आएको परिवर्तनले आफूलाई खुसी बनाएको बताए । उनले भने, “मैले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसर पारेर एक सय दिनको सुरुवात यहीँबाट गर्न म अध्यागमन आएको हुँ, तपाईंहरुलाई उत्साह मिलोस् भन्नका लागि म यहाँ आएको हो ।”

असल नियतले राम्रो काम गर्ने कर्मचारीलाई आफ्नो सधैँ साथ रहने उनको भनाइ छ ।  गृहमन्त्रीसँगै अध्यागमन कार्यालय पुगेका गृह सचिव एकनारायण अर्यालले अध्यागमन कार्यालय नेपाल सरकार र गृह मन्त्रालयको प्राथमिकतामा रहेको बताए । उनले भने, “विगतको तुलनामा अध्यागमन कार्यालयमा सुधार भएको अनुभूति भयो । तर, सोचेअनुसारको सुधार गर्न अझै मेहेनत गर्नुपर्ने छ, सुधार गर्नुपर्ने सन्दर्भमा मन्त्रालयमा छलफल भइरहेको छ ।”

पारदर्शी सेवाका लागि सरकारी सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपर लेस बनाउने योजना अनुसार नै काम भइरहेको गृह सचिव अर्यालले जानकारी गराए । अध्यागमनको सेवा प्रवाहले नै देशमा हुने सेवा प्रवाहलाई झल्काउने भन्दै गृह सचिव अर्यालले दैनिक आठ हजार नागरिक आउने जाने स्थानमा चुस्त दुरुस्त सेवा प्रवाह गर्न समेत निर्देशन दिए । 

गृहमन्त्री लामिछाने र गृह सचिव अर्यालसहित अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको टोली आज त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय अनुगमनका लागि पुगेको थियो । 

विमानस्थलस्थित अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थी, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बराल तथा अन्य निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई पनि सेवा प्रवाह चुस्त दुरुस्त राख्न निर्देशन दिइएको थियो । 

यससँगै छुट्टै पहिचानका लागि अध्यागमन कार्यालयका कर्मचारीलाई तोकिएको पोसाकसमेत आजैदेखि सुरु भएको छ । यसले कर्मचारीलाई उत्प्रेरित गर्नुका साथै सेवाग्राहीका लागिसमेत सहजता प्रदान गर्ने विश्वास गृह मन्त्रालयले लिएको छ । 

विदेशी नागरिकले भेट्ने पहिलो सरकारी कर्मचारीका रूपमा अध्यागमन कर्मचारी रहेको र अध्यागमन सेवा प्रदान गर्ने कर्मचारी पहिचान गर्न सहज बनाउन अध्यागमनका कर्मचारीलाई अलग पहिचान दिन छुट्टै पोसाक प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending