Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ : गृहमन्त्री लामिछाने

खबरडबली संवाददाता

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको र थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको बताएका छन् ।

विमानस्थल अध्यागमन कार्यालयको निरीक्षण अनुगमन गर्दै उनले अध्यागमनको सेवा सुधारका लागि विगत एक दशकदेखि नै आफ्नो चासो रहेको बताए । उनले भने, “अध्यागमनमा सुधार भएको छ । थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको छौँ, समितिले तीन महिनामा आफ्नो प्रतिवेदन दिने छ र अध्यागमनमा थप सुधार गर्न मद्दत गर्ने छ ।”

यसैगरी उनले गृह मन्त्रालय नेतृत्वको पटक–पटकको अनुगमन र निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सुधारका सङ्केतहरू देखा पर्न थालेका दाबी गरे । उनले भने, “नेपालमा पछिल्लो समय हुँदै गरेको परिवर्तनको आभास अध्यागमनबाटै पाएको छु, अध्यागमन देशको प्रवेशद्वार भएकाले परिवर्तनको आवास पनि द्वारबाटै दिन खोजिएको हो ।”

यसैगरी उनले आफूले कार्यभार ग्रहण गरेको आज एक सय  दिनको अवधिमा अध्यागमनमा आएको परिवर्तनले आफूलाई खुसी बनाएको बताए । उनले भने, “मैले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसर पारेर एक सय दिनको सुरुवात यहीँबाट गर्न म अध्यागमन आएको हुँ, तपाईंहरुलाई उत्साह मिलोस् भन्नका लागि म यहाँ आएको हो ।”

असल नियतले राम्रो काम गर्ने कर्मचारीलाई आफ्नो सधैँ साथ रहने उनको भनाइ छ ।  गृहमन्त्रीसँगै अध्यागमन कार्यालय पुगेका गृह सचिव एकनारायण अर्यालले अध्यागमन कार्यालय नेपाल सरकार र गृह मन्त्रालयको प्राथमिकतामा रहेको बताए । उनले भने, “विगतको तुलनामा अध्यागमन कार्यालयमा सुधार भएको अनुभूति भयो । तर, सोचेअनुसारको सुधार गर्न अझै मेहेनत गर्नुपर्ने छ, सुधार गर्नुपर्ने सन्दर्भमा मन्त्रालयमा छलफल भइरहेको छ ।”

पारदर्शी सेवाका लागि सरकारी सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपर लेस बनाउने योजना अनुसार नै काम भइरहेको गृह सचिव अर्यालले जानकारी गराए । अध्यागमनको सेवा प्रवाहले नै देशमा हुने सेवा प्रवाहलाई झल्काउने भन्दै गृह सचिव अर्यालले दैनिक आठ हजार नागरिक आउने जाने स्थानमा चुस्त दुरुस्त सेवा प्रवाह गर्न समेत निर्देशन दिए । 

गृहमन्त्री लामिछाने र गृह सचिव अर्यालसहित अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको टोली आज त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय अनुगमनका लागि पुगेको थियो । 

विमानस्थलस्थित अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थी, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बराल तथा अन्य निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई पनि सेवा प्रवाह चुस्त दुरुस्त राख्न निर्देशन दिइएको थियो । 

यससँगै छुट्टै पहिचानका लागि अध्यागमन कार्यालयका कर्मचारीलाई तोकिएको पोसाकसमेत आजैदेखि सुरु भएको छ । यसले कर्मचारीलाई उत्प्रेरित गर्नुका साथै सेवाग्राहीका लागिसमेत सहजता प्रदान गर्ने विश्वास गृह मन्त्रालयले लिएको छ । 

विदेशी नागरिकले भेट्ने पहिलो सरकारी कर्मचारीका रूपमा अध्यागमन कर्मचारी रहेको र अध्यागमन सेवा प्रदान गर्ने कर्मचारी पहिचान गर्न सहज बनाउन अध्यागमनका कर्मचारीलाई अलग पहिचान दिन छुट्टै पोसाक प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending