Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

युक्रेनसँग शान्ति वार्ता सुरु गर्न पुटिनले राखे दुई शर्त

खबरडबली संवाददाता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता सुरु गर्न दुई शर्त राखेका छन् । राष्ट्रपति पुटिनले युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र दोस्रो युक्रेन नेटोमा सामेल नहुने भएमा वार्ता शुरु गर्न तयार रहेको सन्देश दिएका हुन् । 

युक्रेनसँग सम्भावित युद्धविरामका लागि पुटिनको सर्तहरू ९० देशका प्रतिनिधिहरू स्विट्जरल्याण्डमा भेट्न जाँदै गर्दा यस्तो अवस्थामा बाहिर आएको हो । यस सम्मेलनमा युक्रेनका लागि शान्तिको बाटोबारे छलफल हुने बताइएको छ । यसका लागि रुसलाई निम्तो दिइएको छैन । तर, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की त्यसमा सहभागी हुन जाँदैछन् ।

रुसी विदेश मन्त्रालयका नेताहरुसँगको भेटमा पुटिनले भने, ‘युक्रेनले डोनेस्क, लुहान्स्क, खेर्सन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्ने र नाटोमा सामेल नहुनेबित्तिकै रुसी सेना त्यहाँबाट पछि हट्न थाल्छ । पुटिनले युक्रेनले यी क्षेत्रबाट आफ्ना सेना पूर्ण रूपमा फिर्ता गर्नुपर्नेमा जोड दिएका छन् । 

यससँगै पुटिनले युक्रेनले नेटोमा सामेल हुने आफ्नो योजना त्याग्नुपर्ने बताएका छन् । उनले युक्रेनले आफ्नो सिमाना (भूमि) सम्बन्धी नयाँ यथार्थलाई स्वीकार गर्नुपर्ने बताए । यी सर्तहरूको उल्लेख गर्दै पुटिनले रुस–युक्रेन युद्धको शान्तिपूर्ण समाधानका लागि भएको सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिमा अभिलेख गर्नुपर्ने बताए । साथै, रुसमाथि लगाइएका सबै प्रतिबन्धहरू पनि हटाउनुपर्नेछ । रुसी राष्ट्रपतिले युक्रेनी सेनालाई फिर्ता गर्न सुरक्षित बाटो उपलब्ध गराउने वाचा गरेका छन् ।

युक्रेनले आयोजना गर्न लागेको शान्ति सम्मेलनको एक दिनअघि पुटिनले युद्ध अन्त्य गर्ने शर्त राखेका छन् । यो शान्ति सम्मेलन शनिबार स्वीट्जरल्याण्डको बर्गेनस्टकमा हुने भएको छ । शान्ति सम्मेलनमा ९२ देश र आठ संस्थाका एक सय प्रतिनिधि सहभागी हुने स्वीस सरकारले जनाएको छ ।

तर, रुसी प्रतिनिधिलाई निमन्त्रणा गरिएको छैन । चीन, ब्राजिल र साउदी अरबका प्रतिनिधिले सम्मेलनमा भाग लिन अस्वीकार गरेका छन् । सम्मेलनमा दुई दिनसम्म वार्ता हुनेछ । यी तीन मुद्दाहरू खाद्य सुरक्षा, आणविक विकिरण र सुरक्षाका साथै मानवीय मुद्दाहरूसँग सम्बन्धित हुनेछन् । यसमा युक्रेनी बालबालिका सहित सबै युक्रेनी बन्दीहरू र कैद गरिएका युक्रेनीहरूको रिहाई समावेश छ । 

सम्मेलनमा भएका निर्णयहरू मध्यस्थकर्तामार्फत रुसलाई जानकारी गराइनेछ । सम्मेलनको योजना अनुसार यी मध्यस्थकर्ताहरूले रुस र युक्रेनबीच मध्यस्थता गर्नेछन् । यसअघि पनि यस्ता वार्तामा सहमति भइसकेको छ । तर, युद्ध रोक्ने पुटिनको भनाइले शान्ति सम्मेलनको एजेण्डामा कुनै परिवर्तन ल्याउने वा नदिने भन्ने अझै निश्चित छैन । 

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको युद्धविराम प्रस्तावलाई अल्टिमेटम भनेका छन्, जसलाई विश्वास गर्न सकिँदैन । जेलेन्स्कीले आफूले बुझेसम्म युद्धविरामसँग सम्बन्धित शर्तहरू स्वीकार गरे पनि पुटिनले सैन्य आक्रमण रोक्न नसक्ने बताए । उनले पुटिनका यी सन्देशहरू हिटलरले प्रयोग गरेको सन्देशसँग मिल्दोजुल्दो रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending