Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

रौतहटमा एक युवकको शव भेटियो

खबरडबली संवाददाता

रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपराह्न एक जना युवकको शव भेटिएको छ । 

गौर-४ टिकुलिया बकैया खोलाको बाँध नजिकै  स्थानिय शुभनारायण सहनीको छोरा २० वर्षीय युवक रोहित सहनीको शव भेटिएको हो । 

घरबाट शौच गर्न निस्किएक उनको उनको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् ।  जिल्ला प्रहरी प्रवक्ता तथा डिएस्पी गिरीले मृतक सहनीको सरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह नदेखिएको बताएकी छिन् । 

मृतकको पाकेटबाट लागुऔषध गाँजा भरिएको चिलम जस्तो कुरा बरामद भएको छ । गाँजाको नशामा गर्मीको कारण बेहोस भएर पानीको कमीको कारण पनि मृत्यु हुनसक्ने अनुमान गरिएको छ । मृतकको नाकबाट रगत बगेको देखिन्छ ।

मृतक शहनिको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिएसपी गिरीले बताएकी छिन् । 

उता मृतकका दाजु सञ्जय सहनीले कसैले कुटपिट गरी रोहितको हत्या गरेको दाबी गरेका छन छन् । उनले भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको कारण प्रहरीले गम्भीरता साथ अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुगमनका क्रममा ४१५ बोरा रासायनिक मल जफत

सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...

सन् २०२२ मा ०.७५ प्रतिशतले बढ्यो वन क्षेत्र

काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...

झापा कप : चर्च ब्वाइज क्लब फाइनलमा

झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित न...

पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवद्वारा निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।  क...

काठमाडाैं महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्ने

काठमाडाैं । काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ ।  काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नग...

दक्षिण कोरियाको भ्रमण पूरा गरी फर्किए उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।  नेपाल र दक्षिण ...

कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  कीर्तिपुरको  क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् ।  ...

मलेसियाद्वारा एमएच ३७० विमानको खोजी कार्य पुनः सुरु गर्न सहमति

क्वालालम्पुर । दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भए...

पाल्पामा माछा मार्ने विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा । पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–...

प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा

काठमाडाैं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy