Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

काठमाडौंमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुदैँ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने भएको छ । नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंको बौद्धस्थित होटल हायातमा असार ४ गते मंगलबार एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना हुने भएको हो ।

यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा ३१ वटा चिनिया विश्वविद्यालय तथा कलेजहरूले भाग लिने नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले जानकारी दिएको छ । 

यस शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न शहरहरूमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्व विद्यालयका स्टलहरू रहने छन् । ती प्रत्येक स्टलहरूमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्व विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिने बताइएको छ । असार ४ गते मंगलवार बिहान ९:३० बजे उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन् । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीहरू, शिक्षाविद्, विभिन्न विश्व विद्यालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहने छ ।

निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सो शैक्षिक प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीहरूको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन हामी अभिभावकहरूलाई अनुरोध गरिएको छ । नेपाल र चीनबीच ऐतिहासिक कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको छ । 

चीनका महान भिक्षु नेपाली राजकुमारी भृकुटी र कलाकार अरनिकोको चीनको राजधानी पैचिङ लगायतका विभिन्न क्षेत्रहरूको भ्रमण र तत्कालिन तिब्बती राजकुमारसँग राजकुमारी भृकुटीको वैवाहिक सम्बन्धले जोडिएको हामी दुई देशबीचको सम्बन्ध दिनानुदिन अझ बलियो, सुमधुर र घनिष्ठ हुँदै गएको छ । 

सन् १९५५ अगस्त १ का दिन दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि हामीबीचको स्थापना भएको झण्डै सात दशकको अवधिमा दुबै देशका उच्च नेताहरूको एकअर्का देशमा नियमित रूपमा भइरहेको भ्रमणले आपसी हितका विविध विषयहरूलाई उजागर गर्दै सहयोगका क्षेत्रहरू व्यापक बनाउने कार्य हुँदै आएको छ । सन् १९७९ मा चीनका वरिष्ठ नेता तङ स्याओफिङको नेतृत्वमा चीनको ढोका विश्वका लागि खुलेपछि खुलापनको ४५ वर्षको अवधिमा चीनले चौतर्फी रूपमा हासिल गरेका उपलब्धिहरूलाई एक असल छिमेकीको नाताले नेपालले नजिकबाट नियालिरहेको छ भने पछिल्ला दिनहरूमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न विभिन्न प्रयासहरू भइरहेका छन् ।

नेपालको भौतिक पूर्वाधार विकासमा महत्त्वपूर्ण सहयोग गर्दै आएको चीनले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रको विकासमा पनि अहं भूमिका निर्वाह गर्दै आएको छ । विश्वको दोश्रो ठूलो अर्थतन्त्र र उदाउँदो आर्थिक महाशक्तिको हैसियतले पनि पछिल्लो समयमा चीनलाई बुझ्न खोज्ने र चीनमा विभिन्न विषयमा प्राविधिक शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ ।

त्यसैगरी विशिष्ठ नेपाली संस्कृतिको अध्ययन र नेपालका विश्व प्रशिद्ध पर्यटकीय क्षेत्रको भ्रमणमा आउने चिनियाँहरूको संख्या पनि दिनानुदिन बढिरहेको छ । यसरी हेर्दा यी दुवै मुलुकहरूबीच विगत केही वर्षदेखि जनस्तरको सम्बन्ध अझ हराभरा र विकसित हुँदै आएको पाइन्छ । दशकौंदेखि चीनलाई नेपाली माझ चिनाउने र नेपाललाई चिनियाँहरू माझ परिचित गराउने उद्देश्यले समय समयमा एक अर्का देशमा सांस्कृतिक तथा शैक्षिक प्रदर्शनीहरू हुँदै आएका छन् भने यस्ता प्रदर्शनीहरूमा सर्वसाधारणले गहिरो रुची राख्ने गरेका छन् ।

नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद् जनवादी गणतन्त्र चीनबाट विभिन्न विषयमा स्नातक चीनको शिक्षा मन्त्रालय, नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल चीन सांस्कृतिक गरेका नेपाली विद्वान र पेशाकर्मीहरूको मैत्री संस्था हो । चीन छात्रवृत्ति परिषद्, जनवादी गणतन्त्र तथा शैक्षिक परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला सफलतापूर्वक आयोजना गर्दै आएको छ । पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएपछि प्रत्येक वर्ष प्रदर्शनीमा सहभागी हुनेहरूको संख्या बढ्दै गइरहेको छ भने चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ ।

चीनमा अध्ययन गरी फर्किएका दक्ष तथा उच्चस्तरीय जनशक्तिले विभिन्न क्षेत्रमा काम गर्दै राष्ट्र निर्माणमा ठूलो योगदान पुऱ्याइरहेका छन् । पछिल्लो जानकारीअनुसार चीनमा १६० वटा देशका ५ लाख विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ । पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थी बाहेक सेल्फ फाइनान्सका विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: