Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

प्राकृतिक सम्पदाहरु मानवीय अतिक्रमणमा परे: प्रधानमन्त्री दाहाल

खबरडबली संवाददाता

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले चुरे क्षेत्रको संरक्षणका लागि संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय जनसमुदायको सहकार्य अपरिहार्य रहेको बताएको छ ।

दशौँ चुरे संरक्षण दिवसको अवसरमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको वन तथा वातावरण निर्देशनालयले सिरहाका मिर्चैयामा आज आयोजना गरेको ‘बृहत् वृक्षारोपण’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेशको  जीवन रेखाको रुपमा रहेको चुरे क्षेत्रको बहुपक्षीय र संरणको लागि सवै क्षेत्र र तत्पकाको सहकार्य गरी अगाडी बढनुपर्ने औंल्याएका हुन् । 

उनले भने, ‘चुरे पर्वतिय प्रणाली तराई मधेशको पानिको स्रोत हो। चुरेक्षेत्रमा भएका प्रकृतिक सम्पदाहरु यसको तल्लो तटिय क्षेत्र हो । तराईमा बस्ने जनताको लागि जीवन रेखा नै हौ चुरे ।’ तर, आज जान वा अन्जानमा चुरे संरक्षण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरु मानवीय अतिक्रमणको दुसचक्रमा परेका प्रति चिन्ता व्यक्त गरे । 

नेपालको पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको चुरे पर्वत जैविक, भौगर्भिक दृष्टिकोणले कोमल र अत्यन्त सम्वेदनशिल, जैविक विभिधताले भरिएको, दुर्लभ बन्यजन्तुहरुको बासस्थान र जैविक माग रहेको बताए । विना इन्जिनियरिङ्ग र वातावरणिय प्रभाव मूल्याकङ्गन नगरी अनियन्त्रीत ढङ्गबाट निर्माण भएका भौतिक पूर्वाधार संरचनाले चुरे श्रृङ्गखला कमजोर बन्दै गएको उनको भनाई रहेको छ ।

प्रधानमन्त्री दहालका अनुसार ढुङ्गा, गिट्टी, बालुवाको संकलन र उत्खनन्ले चुरे क्षेत्रको दोहन बढेको छ । यसले नदी प्रणालिको वातावरणीय अखण्डतामा गम्भिर सङ्गट पैदा गर्दै लगेको छ । चुरे क्षेत्रमा बढ्दो जनसंख्या, अव्यस्थित वसोवास, वन अतिक्रमण, वन डढेलो, खुल्ला चरिचरन र नदीजन्य पदार्थको दोहन, अव्यस्थित भौतिक पूर्वाधारको निर्माण र भूक्षय जस्ता कारण यसको संरक्षण दिन प्रतिदिन चुनौतिपूर्ण बन्दै गएको छ । 

चेरे क्षेत्रमा बातावण तथा जलवायुमैत्रि विकास नगरे हरेक वर्ष तराई मधेशमा बस्ने जनसमूदायमा बाढी, पहिरो र डुवानको चपेटमा पर्दै जाने र विकास लगानी गर्नु पर्ने बजेट र जनशक्ति विपदमा परेका नागरिकको खोज, उद्दार र राहतमा खर्च गर्नुपर्ने बाध्यता आउने प्रधानमन्त्रीले बताए ।

उनले भने, ‘प्रकृति स्वच्छ भएमात्र हाम्रो जिवन सुरक्षित हुन्छ । र, प्रकृतिलाई हामीले संरक्षण गर्यौ भनेमात्र प्रकृतिले पनि हाम्रो सुरक्षा गर्ने छ । त्यसैले तराई मधेशका जनतालाई विपदबाट बचाउन चुरेक्षेत्रमा रहेका वन, वनस्पति, बन्यजन्तु र परिस्थितिय प्रणालिको प्रकृया अनुसार स्वच्छ र स्वतन्त्र रुपमा बाँच्न दिनु पर्दछ ।’

प्रधानमन्त्री दहालले भने, ‘त्यसैले पनि तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावि पुस्ताको बाँच्न पाउने अधिकार समेत ख्याल गर्दै, व्यवस्थित भौतिक विकासको अवधारणा अनुरुप वातावरणिय अध्ययन गरेरमात्र ढुङ्गा, गिट्टी र बालुवाको संकलन तथा उत्खनन् गर्न समेत म आज विशेष अपिल गर्न चाहन्छु ।’

चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, परिस्थितिजन्य सेवाको सम्वर्धन, तराई मधेशको उर्वरा शक्तिलाई कायम राख्न गल्छी, पहिरो तथा खहरे रोकथाम, नदी किनारा स्थिरिकरण, ताल तलैया तथा सिमसार व्यवस्थापन, जल पुनरभरण तथा संरक्षया, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षा रोपन, कृषि वन कार्यक्रम, सम्वेदनशिल क्षेत्र संरक्षण लगायतका कार्यक्रम सञ्चालन भईरहेको प्रधानमन्त्री दहालले बताए । 

सम्वोधनकै क्रममा उनले चुरे समितिले कमला नदी र झापा जिल्लाको कन्काई नदिमा १० मिलियन बाँस रोपेर चुरे संरक्षण र यस क्षेत्रमा बसोवास गर्ने जनताको आय आर्जनमा  टेवा पुर्याउने परियोजना अगाडी बढाएको जानकारी दिए । उनले परियोजना सफल बनाउन सकारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

सम्वोधनको क्रममा प्रधानमन्त्री दहालले प्राकृतिक स्रोतको दिगो संरक्षण तथा व्यवस्थापन तर्फ अग्रसर हुन सम्पूर्ण नेपालीहरुमा थप उत्पे्ररणा मिलोस भन्ने कामना समेत गरे । मधेश आउँदै सधैँ भनेजस्तै प्रधानमन्त्री दहालले यस पटक पनि ‘मधेश आउँदा त्यसमा पनि यस क्षेत्रले मलाई २०७० को निर्वाचनमा यहिको जनताले मतदान गरेर दोस्रो पटक  प्रधानमन्त्री बन्ने अवसर जुराएको हुनाले पनि म मधेशमा आउँदा त्यसमा पनि सिरहा जिल्लामा आउँदा मलाई निकै हर्ष र खुशीको महसुस हुन्छ ।’

वृहत वृक्षरोपण कार्यक्रममा वन तथा वातारण मन्त्री नवल किशोर साहले अनियन्त्रित रुपमा भईरहेको चुरे दोहनप्रति चिन्ता व्यक्त गरे । मन्त्री साहले चुरे दोहनलाई नियन्त्रण गर्दै वृक्षा रोपन कार्यमा विशेष जोड दिनुपर्ने बताए ।

सोही क्रममा मुख्य मन्त्री सतिश सिंहले चरे क्षेत्रमा जलाशयहरुको विकास, संरक्षणगरी तराईलाई मरुभूमि हुनबाट बचाउनु पर्ने बताए । उनले चुरे संरक्षणमा मधेश सरकारले पनि काम गरिरहेको बताउँदै हाम्रो एक्लो प्रयासले संरक्षण सम्भव नरहेको बताए ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डाक्टर किरण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनधीसभा सदस्य लिलानाथ श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संघ तथा प्रदेशका सचिव, नेपाली सेनाका अधिकारीहरु, प्रदेश प्रहरीका अधिकारीहरुको उपस्थिति रहेको थियो । यहि आर्थिक वर्षभित्र मिर्चैया नगक्षेत्रका आधादर्जन सामुदायिक वनहरुको ३२ सय हेक्टर जनिमनमा वृक्षरोपन गर्ने जनाएको छ । त्यस क्रममा आयोजकले सामुदायिक वनका अध्यक्षहरुलाई सम्मान समेत गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending