काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने सरकारको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता विमल पोखरेलले दायर गरेको रिट निवेदनमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नवीकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट ठूलो सङ्ख्यामा लक्षित समूह वञ्चित हुने उल्लेख गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले गत जेठ २४ गते सामाजिक सुरक्षा वितरण गर्न २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णय गरेको थियोे । सरकारले जिल्ला प्रशासन कार्यालय र ५४ वटा इलाका प्रशासन कार्यालयबाट मात्रै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने निर्णय गरेपछि वृद्धालाई यो निर्णय असहज भएको रिट निवेदनमा छ ।
रिट निवेदनमा बाढी पहिरोको समयमा यातायातको साधन नचल्ने, पहाडी र दुर्गम क्षेत्रका वृद्धवृद्धा जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालय आउन सम्भव पनि नभएकाले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्यमा तत्कालै रोक लगाउन माग गरिएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउँदा आफैँ उपस्थित भई बायोमेट्रिक अनिवार्य गर्नुपर्ने व्यवस्था भएकाले धेरै वृद्धवृद्धा रोगी, हिँडडुल गर्न नसक्ने, एकल भएको, छोराछोरी विदेश वा सहरमा हुने र घरमा वृद्धवृद्धा मात्रै बसोबास गर्ने हुनाले जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा पुग्न सम्भव नभएको समेत रिट निवेदनमा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ७ गते, २०८१ - ०९:२९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछन्। ३० असारमा चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सरकारका एक सय दिनका उ...
कार्तिक ७ गते, २०८१ - ०९:१९
बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा स...
कार्तिक ७ गते, २०८१ - ०८:५६
काठमाडौँ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा म...
कार्तिक ७ गते, २०८१ - ०८:५०
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्...
कार्तिक ७ गते, २०८१ - ०८:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी अहिले ९ बजेका लागि बैठक बोलाएका ...
कार्तिक ७ गते, २०८१ - ०८:११
काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा काम गर्नको लागि स्वास्थ्यतर्फका विभिन्न पदमा १०८ जना कर्मचारी माग गरेको छ। महानगरपालिकाले आज सूचना ...
कार्तिक ७ गते, २०८१ - ०८:०४
चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ। खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दु...
कार्तिक ७ गते, २०८१ - ०७:५५
शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि रविले गिरिबन्धु टी-स्टेटको अनुसन्धान अघि बढाउने तयारी गरेपछि रुष्ट थिए ओली
कार्तिक ७ गते, २०८१ - ०७:३६
काठमाडौं । कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशक...
कार्तिक ७ गते, २०८१ - ०७:३३
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपर...
प्रतिकृया लेख्नुहोस्: