काठमाडौं । सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया मल गुमाइरहेका छन्। यससँगै रासायनिक मल खरिदका लागि बर्सेनी ठूलो परिमाणमा पैसा विदेशिने गरेको छ।
गोठेमलको स्रोतमा गोबर प्रयोग हुन्छ। तर गोठेमलबारे अनुसन्धान गरिरहेका कृषि प्रचार अधिकृत कृष्ण धितालले पशुको गोबरमा भन्दा मूत्रमा नाइट्रोजन र पोटासको मात्रा अधिक रहने बताए।
गाईभैँसीलाई खुवाएको दाना र घाँसमा रहेको नाइट्रोजनमध्ये २० प्रतिशत मात्रै उसको शरीरमा प्रयोग हुने र बाँकी पिसाब र गोबरबाट आउने गर्छ, त्यसमध्ये ५२ प्रतिशत भने पिसाबबाट बाहिर आउँछ।
गाईभैँसीले दैनिक कम्तीमा छ लिटर पिसाब फेर्छ । एउटा किसानको घरमा दुई वटा ठुला पशु छन् भने वार्षिक चार हजार ३८० लिटर पिसाब फेर्छन्। एक वर्षमा सो मूत्र प्रयोग गर्दा १३६ किलो युरिया र ८० किलो नाइट्रोजन पाउन सकिन्छ। यो अहिलेको बजार भाउमा छ हजार रुपियाँभन्दा धेरै हुने उनले बताए।
वरिष्ठ बाली विकास अधिकृत कुलप्रसाद दवाडीले परापूर्वकालदेखि नै गोठेमललाई महत्त्व नदिएकै कारण यसलाई जथाभावी राख्ने, त्यसमा भएका खाद्यतत्वको संरक्षण एवं सदुपयोगको ज्ञान, सिप अभावले नेपाली किसान वार्षिक ठूलो घाटा बेहोर्न बाध्य भएको बताए।
गोठेमलको उचित व्यवस्थापन र भण्डारण गर्न नजान्दा नेपालले बर्सेनी करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया गुमाइरहेको बताए। त्यसको सट्टामा अर्बौँ मूल्य बराबरको रासायनिक युरिया मल खरिद भइरहेको उनले बताए । एकै पटक धेरै आम्दानी बढाउन रासायनिक विषादी तथा मलको जथाभावी प्रयोगले माटोको गुणस्तरमा ह्रास ल्याएको उनले दाबी गरे।
गाईवस्तुको मलमूत्र, घाँसपात, सोत्तरलाई गोठको नजिकै बनाइएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर तयार पारिएको मल नै गोठेमल भए पनि त्यसको प्रयोग राम्रोसँग हुन भने सकेको छैन । नेपालमा जैविक मलको मुख्य स्रोतका रूपमा सोही मलको प्रयोग गरिन्छ।
गोबर, मूत्र, सोत्तर तथा झारपातको प्रयोग हुने हुँदा बाहिरी सामग्री किन्नका लागि थप खर्च लाग्दैन। यसरी रासायनिक मलमाथिको निर्भरता हटाउन सकिने भए पनि यसको प्रभावकारी रूपमा प्रयोग भने हुन विज्ञ बताउँछन्। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...


प्रतिकृया लेख्नुहोस्: