Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

गाउँघरमै पाइने नाइट्रोजन नचिन्दा विदेशिन्छ करोडौँ रुपैयाँ

खबरडबली संवाददाता

काठमाडौं । सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया मल गुमाइरहेका छन्। यससँगै रासायनिक मल खरिदका लागि बर्सेनी ठूलो परिमाणमा पैसा विदेशिने गरेको छ। 

गोठेमलको स्रोतमा गोबर प्रयोग हुन्छ। तर गोठेमलबारे अनुसन्धान गरिरहेका कृषि प्रचार अधिकृत कृष्ण धितालले पशुको गोबरमा भन्दा मूत्रमा नाइट्रोजन र पोटासको मात्रा अधिक रहने बताए।

गाईभैँसीलाई खुवाएको दाना र घाँसमा रहेको नाइट्रोजनमध्ये २० प्रतिशत मात्रै उसको शरीरमा प्रयोग हुने र बाँकी पिसाब र गोबरबाट आउने गर्छ, त्यसमध्ये ५२ प्रतिशत भने पिसाबबाट बाहिर आउँछ। 

गाईभैँसीले दैनिक कम्तीमा छ लिटर पिसाब फेर्छ । एउटा किसानको घरमा दुई वटा ठुला पशु छन् भने वार्षिक चार हजार ३८० लिटर पिसाब फेर्छन्। एक वर्षमा सो मूत्र प्रयोग गर्दा १३६ किलो युरिया र ८० किलो नाइट्रोजन पाउन सकिन्छ। यो अहिलेको बजार भाउमा छ हजार रुपियाँभन्दा धेरै हुने उनले बताए। 

वरिष्ठ बाली विकास अधिकृत कुलप्रसाद दवाडीले परापूर्वकालदेखि नै गोठेमललाई  महत्त्व नदिएकै कारण यसलाई जथाभावी राख्ने, त्यसमा भएका खाद्यतत्वको संरक्षण एवं सदुपयोगको ज्ञान, सिप अभावले नेपाली किसान वार्षिक ठूलो घाटा बेहोर्न बाध्य भएको बताए। 

गोठेमलको उचित व्यवस्थापन र भण्डारण गर्न नजान्दा नेपालले बर्सेनी करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया गुमाइरहेको बताए। त्यसको सट्टामा अर्बौँ मूल्य बराबरको रासायनिक युरिया मल खरिद भइरहेको उनले बताए । एकै पटक धेरै आम्दानी बढाउन रासायनिक विषादी तथा मलको जथाभावी प्रयोगले माटोको गुणस्तरमा ह्रास ल्याएको उनले दाबी गरे।

गाईवस्तुको मलमूत्र, घाँसपात, सोत्तरलाई गोठको नजिकै बनाइएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर तयार पारिएको मल नै गोठेमल भए पनि त्यसको प्रयोग राम्रोसँग हुन भने सकेको छैन । नेपालमा जैविक मलको मुख्य स्रोतका रूपमा सोही मलको प्रयोग गरिन्छ।

गोबर, मूत्र, सोत्तर तथा झारपातको प्रयोग हुने हुँदा बाहिरी सामग्री किन्नका लागि थप खर्च लाग्दैन। यसरी रासायनिक मलमाथिको निर्भरता हटाउन सकिने भए पनि यसको प्रभावकारी रूपमा प्रयोग भने हुन विज्ञ बताउँछन्। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending