काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध छ ।
मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले मनसुन सक्रिय नहुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिए।
“मुलुकको पूर्वी क्षेत्रमा मनसुन सक्रिय भइसकेको छ, पूर्वबाट पश्चिम बहने हावा सक्रिय नहुँदा पश्चिमी क्षेत्रमा असार ६ गतेसम्म तातो हावाको लहर चल्ने छ”, उनले भने, “महाशाखाले मौसमसम्बन्धी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्ने भएकाले आगामी तीन दिनसम्म पश्चिम क्षेत्रमा मौसम सक्रिय हुँदैन, त्यसपछि पनि के हुन्छ आजै भन्न सकिदैन ।”
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्तालगायत भएकाले सोबाट बच्नुपर्ने मौसमविद् पुडासैनीले बताए।
“तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ ९जुस, सर्वत० प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ छ”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १२:२६
नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भ...
चैत्र २ गते, २०८२ - १२:२२
इनरुवा। सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग...
चैत्र २ गते, २०८२ - १२:०४
प्युठान। जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को वीऊ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्द...
चैत्र २ गते, २०८२ - ११:३०
पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...
चैत्र २ गते, २०८२ - ११:२१
काठमाडौं। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेर ३ ...
चैत्र २ गते, २०८२ - ११:०८
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी का अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले राजनीतिक संघर्ष भने निरन्तर जारी र...
चैत्र २ गते, २०८२ - ११:००
गलकोट। प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ...
चैत्र २ गते, २०८२ - १०:५४
बाजुरा। बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो। जिल्लाका हिमाली, स्वामिकार्तिक खापर,...
चैत्र २ गते, २०८२ - १०:४४
नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा आयोजित एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ। बिहेको भोजका क्रममा रसबरी खाने क्रममा एक युवकको ...
चैत्र २ गते, २०८२ - १०:२८
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यू...


प्रतिकृया लेख्नुहोस्: