Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

पछिल्लो वर्ष द्वन्द्वमा मारिएका मानिसहरुको सङ्ख्या बढ्यो : राष्ट्रसंघ

खबरडबली संवाददाता

एजेन्सी । सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा ७२ प्रतिशत बढी नागरिक मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा युद्धरत दलहरूले बढ्दो रूपमा स्वीकार्य र कानुनी सीमा भन्दा बाहिर धकेलि रहेको बताए । 

उनीहरूले एक अर्का प्रति पूर्ण तिरस्कार देखाई मानव अधिकारलाई कुल्चिरहेको बताउँदै उनले नागरिकको हत्या घाइते र पूर्वाधारको विनाश हुनु  दैनिक घटना भएको जनाए । उनका अनुसार द्धन्द्धको समयमा बालबालीकालाई गोली हानियो,अस्पतालहरूमा बम प्रहार गरियो,समुदायहरूमा भारी तोपखानाहरू सुरु गर्नुका साथैै घृणित, विभाजनकारी र अमानवीय  कार्य गरिए । 

संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुखले आफ्नो कार्यालयले गत वर्ष सशस्त्र द्वन्द्वमा नागरिक मृत्युको सङ्ख्या ७२ प्रतिशतले बढेको जनाउने तथ्याङ्क सङ्कलन गरेको बताए । भयावह स्वरूपको तथ्याङ्ले सन् २०२४ मा मारिने महिलाको अनुपात अघिल्लो वर्षको तुलनामा दोब्बर र बालबालिकाको अनुपात तीन गुणा भएको सङ्केत गर्ने उनले बताए । 

गाजा पट्टीमा, तुर्कले द्वन्द्वका पक्षहरूद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानूनको अवहेलना र असहनीय मृत्यु र पीडाबाट स्तब्ध भएको बताए । अक्टोबर –७ मा इजरायलमा हमासको अभूतपूर्व आक्रमणपछि युद्धमा गाजामा एक हजार दुई सय भन्दा बढी मानिसहरू, मारिए भने कर्यौँ  घाइते भए । 

इजरायलले मे महिनाको सुरुमा रफाहमा आफ्नो कारबाही बढाएपछि, लगभग दस लाख प्यालेस्टिनीहरू फेरि जबरजस्ती विस्थापित भएका छन् । कोष घटेको उल्लेख गर्दै –तुर्कले युक्रेन, कङ्गो लोकतान्त्रिक गणतन्त्र र सिरियासहित अन्य द्वन्द्वहरूको दायरालाई पनि औंल्याए । उनले सुडानमा, एक वर्षभन्दा लामो गृहयुद्धको चपेटामा लडाकु दल र सम्बद्ध समूहहरूद्वारा नष्ट भइरहेकाले आफ्नै जनताको अधिकारलाई कुल्चियको बताए । 

यस्तो विनाशले खाँचोमा परेका मानिसहरूको बढ्दो सङ्ख्यालाई सहयोग गर्न कोष घट्दै गइरहेको अवस्थामा थप समस्या आउने उनले उल्लेख गरे । सन् २९२४ मे को अन्त्यसम्म, मानवीय कोष आवश्यकताहरू र उपलब्ध स्रोतहरू बिचको अन्तर ४०.८ अर्ब डलर रहेको  टर्कले जानकारी दिए । 

उनका अनुसार अपिलहरू औसत १६.१ प्रतिशतमा मात्र वित्त पोषित छन । यसको तुलना सन् २०२३ मा विश्वव्यापी सैन्य खर्च लगभग २.५ ट्रिलियन डलर भएकोमा २०२२ बाट वास्तविक सर्तमा ६.८ प्रतिशतले वृद्धि  भएको उल्लेख गर्दै टर्कले  २००९ पछि यो सबैभन्दा तीव्र वार्षिक वृद्धि भएको उल्लेख गरे । युद्धले असहनीय मानवीय पीडा दिनुका साथै ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE