एजेन्सी । सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा ७२ प्रतिशत बढी नागरिक मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा युद्धरत दलहरूले बढ्दो रूपमा स्वीकार्य र कानुनी सीमा भन्दा बाहिर धकेलि रहेको बताए ।
उनीहरूले एक अर्का प्रति पूर्ण तिरस्कार देखाई मानव अधिकारलाई कुल्चिरहेको बताउँदै उनले नागरिकको हत्या घाइते र पूर्वाधारको विनाश हुनु दैनिक घटना भएको जनाए । उनका अनुसार द्धन्द्धको समयमा बालबालीकालाई गोली हानियो,अस्पतालहरूमा बम प्रहार गरियो,समुदायहरूमा भारी तोपखानाहरू सुरु गर्नुका साथैै घृणित, विभाजनकारी र अमानवीय कार्य गरिए ।
संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुखले आफ्नो कार्यालयले गत वर्ष सशस्त्र द्वन्द्वमा नागरिक मृत्युको सङ्ख्या ७२ प्रतिशतले बढेको जनाउने तथ्याङ्क सङ्कलन गरेको बताए । भयावह स्वरूपको तथ्याङ्ले सन् २०२४ मा मारिने महिलाको अनुपात अघिल्लो वर्षको तुलनामा दोब्बर र बालबालिकाको अनुपात तीन गुणा भएको सङ्केत गर्ने उनले बताए ।
गाजा पट्टीमा, तुर्कले द्वन्द्वका पक्षहरूद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानूनको अवहेलना र असहनीय मृत्यु र पीडाबाट स्तब्ध भएको बताए । अक्टोबर –७ मा इजरायलमा हमासको अभूतपूर्व आक्रमणपछि युद्धमा गाजामा एक हजार दुई सय भन्दा बढी मानिसहरू, मारिए भने कर्यौँ घाइते भए ।
इजरायलले मे महिनाको सुरुमा रफाहमा आफ्नो कारबाही बढाएपछि, लगभग दस लाख प्यालेस्टिनीहरू फेरि जबरजस्ती विस्थापित भएका छन् । कोष घटेको उल्लेख गर्दै –तुर्कले युक्रेन, कङ्गो लोकतान्त्रिक गणतन्त्र र सिरियासहित अन्य द्वन्द्वहरूको दायरालाई पनि औंल्याए । उनले सुडानमा, एक वर्षभन्दा लामो गृहयुद्धको चपेटामा लडाकु दल र सम्बद्ध समूहहरूद्वारा नष्ट भइरहेकाले आफ्नै जनताको अधिकारलाई कुल्चियको बताए ।
यस्तो विनाशले खाँचोमा परेका मानिसहरूको बढ्दो सङ्ख्यालाई सहयोग गर्न कोष घट्दै गइरहेको अवस्थामा थप समस्या आउने उनले उल्लेख गरे । सन् २९२४ मे को अन्त्यसम्म, मानवीय कोष आवश्यकताहरू र उपलब्ध स्रोतहरू बिचको अन्तर ४०.८ अर्ब डलर रहेको टर्कले जानकारी दिए ।
उनका अनुसार अपिलहरू औसत १६.१ प्रतिशतमा मात्र वित्त पोषित छन । यसको तुलना सन् २०२३ मा विश्वव्यापी सैन्य खर्च लगभग २.५ ट्रिलियन डलर भएकोमा २०२२ बाट वास्तविक सर्तमा ६.८ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै टर्कले २००९ पछि यो सबैभन्दा तीव्र वार्षिक वृद्धि भएको उल्लेख गरे । युद्धले असहनीय मानवीय पीडा दिनुका साथै ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: