मनहरी । मकवानपुरको कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई सुरक्षा तथा आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ ।
किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा किशोरीहरुलाई तालिम प्रदान गरिएको हो । कैलाश गाउँपालिका–३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताए । उनले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी नीति तथा कार्यक्रममा समट्दै गाउँपालिकाका सबै छात्राहरुलाई उक्त तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भविष्यमा यौनजन्य हिंसा मात्र नभई घरेलु हिंसाबाट बच्न यी तालिमले छात्राहरुलाई थप सहजता हुने उनले बताए । “हामी पहिलो चरणमा दुई विद्यालयमा गर्ने छौँ भने आगामी वर्षमा सबै विद्यालयका किशोरीलाई तालिम दिने छौँ”, अध्यक्ष मोक्तानले भने ।”
राष्ट्रिय बालअधिकार परिषद् नेपालका सदस्य तथा किडपावर नेपालका अध्यक्ष सुष्मा पोखरेलले सुरक्षा र आत्मरक्षासम्बन्धी तालिम प्रदान गरेकी थिइन् । उनले छात्राहरुलाई हुनसक्ने धम्की, दुर्व्यवहारलगायतका हिंसा न्यूनीकरण गर्न यस्ता तालिम ग्रामीण क्षेत्रमा आवश्यक रहेको बताइन । तालिम पश्चात किशोरीहरुलाई विद्यालयमा पठनपाठनदेखि समुदायमा सुरक्षित र सहजता हुने उनको भनाइ छ ।
आज वडा नम्बर ९ स्थित कालिका उच्च माध्यमिक विद्यालयका थप एक सय जना छात्राहरुलाई उक्त तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तालिम पश्चात किशोरीले आत्मरक्षाका लागि सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । बुधबार कैलाश गाउँपालिका–१० स्थित रत्नज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ६० जना छात्राहरुलाई उक्त तालिम प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: