Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा पूर्व एमडी संगीता पहाडीसहित सबैले पाए सफाइ

खबरडबली संवाददाता

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद्दामा पूर्वप्रबन्ध निर्देशक संगीता पहाडीसहित सबै १८ जना प्रतिवादीलाई सफाइ दिएको छ।

विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको भ्रष्टाचारको आरोप पुष्टि गर्न पर्याप्त प्रमाण पेश गर्न नसकेको निष्कर्ष निकाल्दै सबै प्रतिवादीलाई दोषमुक्त गरेको हो।

अख्तियारले सन् २०२३ मा दायर गरेको मुद्दामा नेपाल टेलिकम र चिनियाँ कम्पनी एसियाइन्फो बीच भएको बिलिङ प्रणालीको विस्तारित मर्मतसम्भार सम्झौतामा सन् २०११ को मूल सम्झौताअनुसार पाउनुपर्ने ५ प्रतिशत छुट नलिँदा टेलिकमलाई ३३ करोड ४८ लाख १७ हजार रुपैयाँभन्दा बढी नोक्सानी पुगेको आरोप लगाएको थियो।

यस मुद्दामा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, संगीता पहाडी (अर्याल), प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठ लगायत १८ जना प्रतिवादी बनाइएका थिए।

तर अदालतले विवादित सम्झौता केवल वार्षिक मर्मतसम्भार (एएमसी) नभई प्रणाली स्तरोन्नति, नयाँ हार्डवेयर तथा सफ्टवेयर जडान, डाटा स्थानान्तरण र ५जी सेवासम्बन्धी कामसमेत समेटिएको समग्र प्याकेज भएको ठहर गरेको छ। त्यसैले पुरानो सम्झौतामा रहेको ५ प्रतिशत छुटको व्यवस्था अनिवार्य रूपमा लागू नहुने अदालतको निष्कर्ष छ।

फैसलाअनुसार एसियाइन्फोले १३ वटा नयाँ हार्डवेयर तथा सफ्टवेयर मोड्युल, डाटा माइग्रेसन र ५जी सेवासम्बन्धी विभिन्न सुविधा निःशुल्क उपलब्ध गराएको थियो। अदालतले ती सेवाको मूल्य ५ प्रतिशत छुटबाट प्राप्त हुने रकमभन्दा बढी भएकाले नेपाल टेलिकमलाई कुनै आर्थिक क्षति नभएको उल्लेख गरेको छ।

साथै, प्रतिवादीहरूले बदनियतपूर्वक संस्थालाई हानि पुर्‍याएको वा व्यक्तिगत लाभ लिएको भन्ने आरोप पुष्टि हुने विश्वसनीय प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेको भन्दै विशेष अदालतले सबै प्रतिवादीलाई सफाइ दिएको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल–पोखरेललाई

काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...

राहदानी विभागअघि आत्मदाह प्रयासपछि संसदमा सरकारमाथि प्रश्न : ‘अब कति नागरिकले आगो लगाउनुपर्छ ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...

गण्डकीमा गाँजा खेतीले पायो कानुनी मान्यता, औषधि र उद्योगका लागि मात्रै प्रयोग गर्न पाइने

पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...

आज रातिदेखि तीन दिनसम्म वर्षाको प्रभाव, केही ठाउँमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...

गोर्खा जेलब्रेककी उमा भुजेलको नेतृत्वमा विप्लव नेकपा विभाजित, नयाँ पार्टी घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...

टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा पूर्व एमडी संगीता पहाडीसहित सबैले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending