जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी शिक्षा, ज्ञान र चेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।
गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशले जनकपुरधाममा आज आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यशाला तथा अन्तक्र्रियामा मुख्यमन्त्री सिंहले युवा र बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी तालिम दिन आवश्यक रहेको बताए । त्यसका लागि विद्यालयस्तरबाट नै शिक्षा तथा ज्ञानबारे जानकारी दिन आवश्यक रहेकामा उनको जोड थियो । “मैले यस्ता धेरै तालिम देखेको छु तर त्यहाँ युवा तथा बालबालिकाको धेरै उपस्थिति पाइनँ । विद्यालयस्तरका बालबालिका तथा युवाले भोलिको भविष्य निर्धारण गर्ने हुँदा यस्ता तालिममा उनिहरूको सहभागिता हुन आवश्यक छ”, मुख्यमन्त्री सिंहले भने ।
आफू गाउँपालिका अध्यक्ष हुँदाको अनुभव सुनाउँदै उनले विगतमा गैरसरकारी सङ्घसंस्थाको भरमा विपद् व्यवस्थापन प्रतिकार्य कार्यक्रम हुँदैआएको पाइएकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाफर्त गैरसरकारी संस्थासहितको सहकार्यमा विपद् व्यवस्थापन गर्ने व्यवस्था गरिएको उल्लेख गरे । मुख्यमन्त्री सिंहले भने, “आउनुस् हातेमाले गरेर मधेसमा काम गरौँ, तपाईँहरूसँग सहकार्य गर्न मधेस प्रदेश तयार छ । मधेस प्रदेशमा भइरहेका विपद् जोखिम न्यूनीकरण गद पीडितहरूलाई मिलेर सहयोग गरौँ ।”
तराई मधेसमा जाडोमा शीतलहर र अत्यधिक जाडो, गर्मीमा ‘लु’ रोग तथा आगलागी र बर्सातमा चट्याङ तथा बढीजस्ता समस्याले सधैँभरि सताइरहेको बताउँदै यस्ता विपद्लाई न्यूनीकरण गर्न सङ्घबाट बाझिएको कानुनलाई फुकाउन आवश्यक रहेको मुख्यमन्त्री सिंहले जिकिर गरे ।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राविधिक व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणमा प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताए । उनले प्रदेशमा हुने विपद् व्यवस्थापन कार्यमा सहकार्यका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: