Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

बारामा एकीकृत समाजवादीको प्रतिनिधि छनौटमा मनोमानी

खबरडबली संवाददाता

बारा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशनका लागि बारामा प्रतिनिधि छनौट मनोमानी भएको छ । पार्टीको विधि, विधान र प्रक्रियालाई लत्याउँदै मनोमानी प्रतिनिधि छनौट गरिएपछि पार्टीकै नेताहरुले बहिष्कार गरेका छन् ।

बाराको परवानीपुर–५, बहुअरीस्थित धर्मशालामा बुधबार बारा क्षेत्र नं. ४ को प्रतिनिधि चयन गर्ने भनिएको थियो । प्रतिनिधि छनौट प्रक्रिया अन्तरगत मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने थियो । तर मतदाता नामावली नै सार्वजनिक नगरी र उम्मेदवारी दिने मौका नै नदीई मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएको छ । 

बारा ४ का लागि पार्टीको तर्फबाट प्रतिनिधि छनौटका लागि संयोजक तोकिएका कृष्णकुमार (किसान) श्रेष्ठले आफ्नो खल्तीबाट एक चिट निकालेर बाचन गर्न थालेपछि सहभागि नेताहरुले बहिष्कारको चेतावनी दिएका थिए । तर उनले ‘जे मन लाग्छ त्यही गर्नु, यही हो प्रतिनिधिको अन्तिम नामावली’ भन्दै कार्यक्रम स्थलबाट हिडेका थिए । 

बारा ४ मा एकीकृत समाजवादीका २ हजार ११ संगठित सदस्य छन् । तर प्रतिनिधि छनौटका लागि भएको भेलामा ५० देखि ६० जनामा मात्रै सहभागी भएका थिए । भेलामा सहभागि एकीकृत समाजवादी बाराका सदस्य सुभाष साहले विधि, प्रक्रिया विपरित मनोमानी तरिकाले गरिएको प्रतिनिधि छनौट कार्यको विरोध भएको बताए । 

‘दुई हजार भन्दा बढी संगठित सदस्य बारा निर्वाचन क्षेत्र नं. ४ मा छन् । तर सबैलाई खबरै नगरी ५०/६० जना मात्रै सहभागि थिए । प्रतिनिधि छनौट प्रक्रिया अनुसार मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने हो, तर त्यो भएन । मतदाताको नामावली नै सार्वजनिक गरिएन्’ साहले भने, ‘उम्मेदवारी दिने समयमा उम्मेदवारी दिने कार्यक्रम पनि भएन् । कतिपयले उम्मेदवारी दिने तयारीमै थिए । सर्वसम्मतको नाममा मनोमानी भयो । जो संगठित सदस्य हुन तिनले आफ्नो प्रतिनिधि आफै छान्न पाएनन् ।’

भेलामा सहभागि अर्का युवा नेता शम्भु यादवले सर्वसम्मतको नाममा गोजीको मान्छे ल्याउँन खोजिनु पार्टी हितविपरितको काम भएको बताए । प्रतिनिधि छनौट अघि क्षेत्रिय कमिटीको बैठक बस्नुपर्ने, मतदाता नामावली सार्वजनिक गर्नुपर्ने, उम्मेदवारी दिन पाउँनुपर्ने ती सवै प्रक्रिया मिचिएको यादवले जनाएका छन । 

‘यस्तो पाराले पार्टीको हित हुदैन् । कुनै व्यक्तिका लागि पार्टीको विधान, नीति, प्रक्रिया नै मिच्ने काम गर्नु गलत हो । सिमित व्यक्तिको स्वार्थका लागि पार्टीका हजारौ सदस्यहरुको अधिकार खोस्नु राम्रो होईन्’ यादवले भने, ‘पार्टीले तोकेको संयोजकले नै आफूखुशी गर्न थालेपछि पार्टीले न्याय गर्नुपर्छ ।’

एकीकृत समाजवादी बाराको फेटा गाउँपालिका सचिव समेत रहेका अमिरका साहले भेलामा सहभागि नै नभएको व्यक्ति प्रतिनिधि हुनुले मनोमानी गर्न खोजिएको स्पष्ट भएको बताए । पार्टीहित विपरित काम गर्ने व्यक्तिलाई केही नेताले च्याप्न खोज्दा पार्टीको हित नहुने उनले बताए । 

एकीकृत समाजवादीका बाराका सदस्य रामसुन्दर प्रसाद साहले समेत मनोमानी नगर्न सुझाव दिदै बैठकमै विरोध गर्दै गरेका थिए । तर सहभागिहरुको कुरा नसुनेर जबरजस्ती गरिएपछि उनले सो बारेमा पार्टीमा उजुरी समेत गरेका छन् । प्रक्रिया विपरित मनोमानी प्रतिनिधि छनौट गरेपछि पार्टीमा निवेदन दिदै प्रक्रिया अनुसार पुनः प्रतिनिधि छनौट हुनुपर्ने माग समेत गरेका छन् । 

बारा ४ मा मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएपछि प्रक्रिया पुर्याएर प्रतिनिधि छनौट गर्न माग गर्दै उजुरी समेत परेको छ । अगामी असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनौट देशैभरी भईरहेको छ ।

प्रतिनिधि छनोटका लागि बारा निर्वाचन क्षेत्र नं १ र २ बाट ५–५ जना निर्वाचन क्षेत्र नं ३ बाट ७ जना र निर्वाचन क्षेत्र नं ४ बाट १६ जना प्रतिनिधि छनोट हुनुपर्छ । साथै मजदुर क्षेत्रबाट १ छनोट हुनेछन् । 

प्रतिनिधि छनोटको क्रममा महिला, दलित र युवाको सहभागिता अनिवार्य गरिएको छ । जिल्लाबाट छनोट भएका प्रतिनिधिहरू पार्टीको १० औ केन्द्रीय अधिवेशनमा केन्द्रीय कमिटी चयन प्रक्रियामा सहभागि हुनेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending