Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

अमेरिकी पुर्व सभामुखले दलाई लामालाई भेट्न लागेको प्रति चीनको कडा विरोध

खबरडबली संवाददाता

काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न अमेरिकाको पूर्व सभामुख न्यान्सी पेलोसीसहित तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको प्रतिनिधिमण्डल भारतको हिमाचल प्रदेशको धर्मशाला पुगेको छ । 

अमेरिकाबाट आएका सात जनाको यो प्रतिनिधिमण्डलले बिहीबार बौद्ध धर्मगुरु दलाई लामासँग भेट गर्नेछ । यस अवधिमा चीन-तिब्बत विवाद सम्बन्धी हालै पारित गरिएको विधेयकमाथि अमेरिकी संसदमा छलफल हुनेछ ।

यस भेटको चीनले भने कडा विरोध गरेको छ । चीनले तिब्बतलाई चीनको हिस्सा नमानेर अमेरिकाले आफ्नो प्रतिबद्धताको सम्मान नगरे चीनले यस विषयमा ‘कडा कदम’ चाल्ने चेतावनी दिएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चिनले भनेका छन्, 'सबैलाई थाहा छ कि १४औं दलाई लामा विशुद्ध धार्मिक व्यक्ति होइन, तर धर्मको आडमा चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्न निर्वासित राजनीतिक व्यक्तित्व हुन् ।'

लिनले विशेष गरी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई चीन-तिब्बत विवाद समाधान गर्ने वकालत गर्ने कंग्रेसमा पारित ऐनलाई समर्थन नगर्न अपील गरेका छन् । उनले चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको दृढताका साथ रक्षा गर्न दृढ कदम चाल्ने बताएका छन् ।

भारतमा रहेको चिनियाँ दूतावासले पनि यसबारे लामो विज्ञप्ति जारी गर्दै भनेको छ, 'हामी अमेरिकी पक्षलाई दलाई लामा समूहको चीन विरोधी पृथकतावादी स्वभावलाई पूर्ण रूपमा मान्यता दिन अपील गर्दछौं, चीनले शिझाङ (तिब्बत) को लागि प्रयोग गरेको शब्दले अमेरिकाको प्रतिबद्धताको सम्मान गर्दछ । चीनसँग सम्बन्धित मुद्दाहरूमा चीनलाई र विश्वलाई गलत संकेतहरू पठाउन बन्द गर्नुहोस् ।'

भारत आएको अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी कांग्रेसकी पूर्व सभामुख न्यान्सी पेलोसी र टेक्सासका रिपब्लिकन नेता तथा अमेरिकी कंग्रेसको विदेश मामिला समितिका अध्यक्ष माइकल म्याकॉल रहेका छन् ।

साउथ चाइना मर्निङ पोस्टले यो कदमले बाइडेनले चीनसँगको आफ्नो सम्बन्धलाई सामान्य बनाउन गरिरहेका सबै प्रयासहरूलाई पछाडि धकेल्ने टिप्पणी गरेको छ ।

सन् २०२२ मा न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् र उनको भ्रमणपछि चीन र अमेरिकाबीचको सबै तहमा सहयोग महिनौंसम्म रोकिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending