Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अमेरिकी पुर्व सभामुखले दलाई लामालाई भेट्न लागेको प्रति चीनको कडा विरोध

खबरडबली संवाददाता

काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न अमेरिकाको पूर्व सभामुख न्यान्सी पेलोसीसहित तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको प्रतिनिधिमण्डल भारतको हिमाचल प्रदेशको धर्मशाला पुगेको छ । 

अमेरिकाबाट आएका सात जनाको यो प्रतिनिधिमण्डलले बिहीबार बौद्ध धर्मगुरु दलाई लामासँग भेट गर्नेछ । यस अवधिमा चीन-तिब्बत विवाद सम्बन्धी हालै पारित गरिएको विधेयकमाथि अमेरिकी संसदमा छलफल हुनेछ ।

यस भेटको चीनले भने कडा विरोध गरेको छ । चीनले तिब्बतलाई चीनको हिस्सा नमानेर अमेरिकाले आफ्नो प्रतिबद्धताको सम्मान नगरे चीनले यस विषयमा ‘कडा कदम’ चाल्ने चेतावनी दिएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चिनले भनेका छन्, 'सबैलाई थाहा छ कि १४औं दलाई लामा विशुद्ध धार्मिक व्यक्ति होइन, तर धर्मको आडमा चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्न निर्वासित राजनीतिक व्यक्तित्व हुन् ।'

लिनले विशेष गरी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई चीन-तिब्बत विवाद समाधान गर्ने वकालत गर्ने कंग्रेसमा पारित ऐनलाई समर्थन नगर्न अपील गरेका छन् । उनले चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको दृढताका साथ रक्षा गर्न दृढ कदम चाल्ने बताएका छन् ।

भारतमा रहेको चिनियाँ दूतावासले पनि यसबारे लामो विज्ञप्ति जारी गर्दै भनेको छ, 'हामी अमेरिकी पक्षलाई दलाई लामा समूहको चीन विरोधी पृथकतावादी स्वभावलाई पूर्ण रूपमा मान्यता दिन अपील गर्दछौं, चीनले शिझाङ (तिब्बत) को लागि प्रयोग गरेको शब्दले अमेरिकाको प्रतिबद्धताको सम्मान गर्दछ । चीनसँग सम्बन्धित मुद्दाहरूमा चीनलाई र विश्वलाई गलत संकेतहरू पठाउन बन्द गर्नुहोस् ।'

भारत आएको अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी कांग्रेसकी पूर्व सभामुख न्यान्सी पेलोसी र टेक्सासका रिपब्लिकन नेता तथा अमेरिकी कंग्रेसको विदेश मामिला समितिका अध्यक्ष माइकल म्याकॉल रहेका छन् ।

साउथ चाइना मर्निङ पोस्टले यो कदमले बाइडेनले चीनसँगको आफ्नो सम्बन्धलाई सामान्य बनाउन गरिरहेका सबै प्रयासहरूलाई पछाडि धकेल्ने टिप्पणी गरेको छ ।

सन् २०२२ मा न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् र उनको भ्रमणपछि चीन र अमेरिकाबीचको सबै तहमा सहयोग महिनौंसम्म रोकिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: