काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले देश र जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई व्यस्त, चुनौतीपूर्ण र कठिन जीवनशैलीमा योगाभ्यासले शारीरिक र मानसिकरूपमा थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्याउने बताएका छन् ।
दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित एक दिवसीय योग विज्ञान शिविरमा उनले योग तथा प्रणायामले प्रहरीको सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने उल्लेख गरे ।
व्यायामले शरीर र स्वस्थ मानसिकता एवम् निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको उनले औँल्याए । स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबैभन्दा महत्त्वपूर्ण हुने स्मरण गर्दै गृहमन्त्री लामिछानेले भने, “योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौँ, हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौँ, हाम्रो एकाग्रता, सोच, चुस्तता, मानसिक र शारीरिक स्वास्थ्य देश र समाजका लागि महत्त्वपूर्ण हुन्छ । स्वस्थ मानसिकताका साथ अगाडि बढ्न सक्यौँ भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।”
गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि शारीरिक र मानसिक अवस्था दुरुस्त हुन जरुरी रहेको बताए । प्रहरी सङ्गठनको प्रत्येक व्यक्तिको निर्णय महत्त्वपूर्ण हुने बताउँदै उनले कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने बताए ।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्त्वपूर्ण हुने बताए । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरका माध्यमबाट योगको महत्त्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको अनुभूति गरेको बताए । उनले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायक सिद्ध हुने अपेक्षा गरिएको उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: