रौतहट । रौतहटको कटहरीया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको छ । बुधवार नगरपालिकाको प्राण्गणमा आयोजित एक भब्य समारोहका बीच नगरसभा सम्पन्न भएको हो । जिल्लाको १८ स्थानीय तहमध्ये यो आर्थिक बर्षमा सबैभन्दा पहिले कटहरीया नगरपालिकाले नगरसभाको आयोजना गरेको हो ।
कार्यक्रमका अध्यक्ष मेयर अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकिया अधिकृत उपसचिव सुरेन्द्र प्रधानले संयुक्त रूपमा आठौँ बजेटसभा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५२ करोड, ३१ लाख, ७२ हजार ३८४ रुपैयाँ ४० पैसाको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा कृषिलाई बिशेष प्राथमिकतामा राखिएको छ ।
कृषि व्यवसायी तथा किसानलाई प्रोत्साहन स्वरुप कृषि विद्युत मिटर जडान गरि कृषि कार्यमा उठेको विद्युत महसुल नगरपालिकाले सतप्रतिशत अनुदान दिईने भनिएको छ । यसैगरी कृषिमा आधुनिक ब्यवसाय गर्ने फर्मलाई प्रोत्साहन स्वरुप अनुदान दिने,कृषिको बहुउद्देश्यीय भवन बनाईने, कृषि सामाग्री उपलब्ध गराई बीउ बिजन भण्डारण तथा बिक्रि बितरणको ब्यवस्था गरिने छ । पशुपन्छी ,मत्स्य, पालन भुमी ब्यब्स्था तथा सहकारी, पर्यटन तथा संस्कृतिमा स्थानीय पर्यटन, उध्योग बाणिज्य तथा बित्तिय र समाजिक बिकास तर्फ जोर दिइएको छ ।
शिक्षा तथा खेलकुदमा क्याम्पस अध्यनरत विद्यार्थीहरुलाई पठन पाठनमा लाग्ने शुल्कमा क्याम्पसलाई विशेष अनुदानको ब्यब्स्था समेत मिलाईएको छ । नगर सभामा स्वास्थ्य क्षेत्रमा १५ शैयाको अस्पताल निर्माणमा निरन्तरता दिँदै नगर भित्र निशुल्क एम्बुलेन्स सेवा उपल्ब्ध गराईने भएको छ ।
यसैगरि स्वच्छ खानेपानीको लागी संचालित परियोजना मार्फत सहयोगलाई निरन्तरता दिने, सरसफाई अन्तर्गत स्वचछ शहर कटहरिया नगरको नारा समेत अवलम्बन गरिने बताईएको छ ।सभामा लैङिक समानता तथा सामाजिक समाबेसिकरण समेत समेटिएको छ ।
पुर्वाधार विकास तर्फ नगर भित्रका सडक तथा पुल, सिचाई तथा नदी नियन्त्रण , भवन तथा शहरी विकास,सन्चार,उर्जा समेत समेटिएको छ । वातावरण तथा बिपद व्यब्स्थापन तर्फ, संस्थागत बिकास तथा सेवा प्रवाह र बित्तिय व्यब्स्थापन लगायतका कार्यक्रमहरु समावेस गरिएको छ ।
मेयर अजय प्रकास जैसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,९ मध्ये ७ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरू, कटहरिया नगर भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरु, लगायतको सहभागिता रहेको थियो । नगरसभामा उपमेयर रिता देवी यादव, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता अनुपस्थित रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: