रौतहट । रौतहटको कटहरीया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको छ । बुधवार नगरपालिकाको प्राण्गणमा आयोजित एक भब्य समारोहका बीच नगरसभा सम्पन्न भएको हो । जिल्लाको १८ स्थानीय तहमध्ये यो आर्थिक बर्षमा सबैभन्दा पहिले कटहरीया नगरपालिकाले नगरसभाको आयोजना गरेको हो ।
कार्यक्रमका अध्यक्ष मेयर अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकिया अधिकृत उपसचिव सुरेन्द्र प्रधानले संयुक्त रूपमा आठौँ बजेटसभा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५२ करोड, ३१ लाख, ७२ हजार ३८४ रुपैयाँ ४० पैसाको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा कृषिलाई बिशेष प्राथमिकतामा राखिएको छ ।
कृषि व्यवसायी तथा किसानलाई प्रोत्साहन स्वरुप कृषि विद्युत मिटर जडान गरि कृषि कार्यमा उठेको विद्युत महसुल नगरपालिकाले सतप्रतिशत अनुदान दिईने भनिएको छ । यसैगरी कृषिमा आधुनिक ब्यवसाय गर्ने फर्मलाई प्रोत्साहन स्वरुप अनुदान दिने,कृषिको बहुउद्देश्यीय भवन बनाईने, कृषि सामाग्री उपलब्ध गराई बीउ बिजन भण्डारण तथा बिक्रि बितरणको ब्यवस्था गरिने छ । पशुपन्छी ,मत्स्य, पालन भुमी ब्यब्स्था तथा सहकारी, पर्यटन तथा संस्कृतिमा स्थानीय पर्यटन, उध्योग बाणिज्य तथा बित्तिय र समाजिक बिकास तर्फ जोर दिइएको छ ।
शिक्षा तथा खेलकुदमा क्याम्पस अध्यनरत विद्यार्थीहरुलाई पठन पाठनमा लाग्ने शुल्कमा क्याम्पसलाई विशेष अनुदानको ब्यब्स्था समेत मिलाईएको छ । नगर सभामा स्वास्थ्य क्षेत्रमा १५ शैयाको अस्पताल निर्माणमा निरन्तरता दिँदै नगर भित्र निशुल्क एम्बुलेन्स सेवा उपल्ब्ध गराईने भएको छ ।
यसैगरि स्वच्छ खानेपानीको लागी संचालित परियोजना मार्फत सहयोगलाई निरन्तरता दिने, सरसफाई अन्तर्गत स्वचछ शहर कटहरिया नगरको नारा समेत अवलम्बन गरिने बताईएको छ ।सभामा लैङिक समानता तथा सामाजिक समाबेसिकरण समेत समेटिएको छ ।
पुर्वाधार विकास तर्फ नगर भित्रका सडक तथा पुल, सिचाई तथा नदी नियन्त्रण , भवन तथा शहरी विकास,सन्चार,उर्जा समेत समेटिएको छ । वातावरण तथा बिपद व्यब्स्थापन तर्फ, संस्थागत बिकास तथा सेवा प्रवाह र बित्तिय व्यब्स्थापन लगायतका कार्यक्रमहरु समावेस गरिएको छ ।
मेयर अजय प्रकास जैसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,९ मध्ये ७ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरू, कटहरिया नगर भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरु, लगायतको सहभागिता रहेको थियो । नगरसभामा उपमेयर रिता देवी यादव, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता अनुपस्थित रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: