Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने ललितपुर महानगरको नीति तथा कार्यक्रम

खबरडबली संवाददाता

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रूपमा विकास गर्ने भएको छ । बुधवार महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसबारेमा जानकारी गराएको हो ।

महानगरपालिकाले सङ्घीय र प्रादेशिक प्रहरीसँग नगर प्रहरीको समन्वयात्मक सहसम्बन्ध स्थापना गरी नगरवासीको सुरक्षा र गुनासा व्यवस्थापन गर्ने जनाएको छ । विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य र नवीनतम र सिर्जनशील क्रियाकलाप एवं कर सङ्कलन लगायतका कार्यमा आवश्यकता अनुसार नगर प्रहरीको प्रभावकारी परिचालन गर्ने र साइकल लेनमा पार्किङ्ग निषेध गर्ने व्यवस्था मिलाउने जनाएको छ । 

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बलमा संलग्न जनशक्तिको उत्प्रेरणा एवं मनोबल अभिवृद्धिका लागि आवश्यक व्यवस्था गर्ने र नगर प्रहरीको सेवालाई केन्द्रबाट प्रभावकारी रूपमा परिचालन गर्ने व्यवस्था मिलाउने बताए । 

विपद् सुरक्षा तथा व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना विकासका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई अनुकरण गर्ने गरी क्षमता विकास गर्ने उनले जानकारी दिए । संघ संस्था दर्ता, नियमन र अनुगमनलाई व्यवस्थित गर्ने, महिला तथा विपन्नवर्गको सशक्तिकरणका लागि कार्यक्रमहरू सञ्चालन गर्ने, वडास्तरीय/टोल स्तरीय महिला समूह, एकल महिला/पुरूष समूह, जेष्ठ नागरिक समूह, युवा समूह गठन, तथा सञ्चालनका लागि छुट्टै कार्यविधि जारी गर्ने बताए । 

यस्तै, दलितहरूको परम्परागत सीप तथा पेशालाई आधुनिकीकरण गर्दै स्वरोजगारमुखी बनाउन जोड दिइने, महानगर अन्तर्गत सञ्चालित कम्तीमा दुईवटा सामुदायिक विद्यालयलाई ‘क’ श्रेणीको विशेष सुविधायुक्त विद्यालय वा अन्य संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा कार्यविधि बमोजिम नमूना विद्यालयको रूपमा सञ्चालन गर्ने महर्जनले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending