Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

विद्युत् भार कटौतीका कारण सुर्खेतका पानी उद्योग बन्द हुने अवस्थामा

खबरडबली संवाददाता

सुर्खेत । विद्युत् भार कटौतीका कारण सुर्खेतमा सञ्चालित ६ पानी उद्योग बन्द हुने अवस्थामा पुगेका बताएका छन् ।

विगत दुई महिनादेखि ‘लो भोल्टेज’ को समस्या भोग्नुपरेको र समाधानको प्रयास नभए उद्योग बन्द हुने अवस्था आउने स्थानीय उद्योगीको गुनासो छ ।

दैनिक १२ हजार लिटर पानी उत्पादन गर्दै आएको बाङ्गेसिमलस्तित एक्वान्स पानी उद्योगले लो भोल्टेजकै कारण प्रशोधन बन्द गरेको छ । पानी उत्पादन बन्द हुँदा अहिले बाँकेको नेपालगञ्जबाट किनेर ग्राहकलाई वितरण गरिरहेको उद्योगकका व्यवस्थापक श्रीनारायण मेहेताले जानकारी दिए ।

यसले दैनिक ५० हजारभन्दा धेरै घाटा भइरहेको भन्दै उनले समस्या समाधानका लागि आग्रह गरे । “विद्युत््ले नधानेपनि अहिले पानी प्रशोधन हुनै छोड्यो । दैनिक ५० हजारभन्दा धेरै घाटा बेहोर्नु गरिरहेको छ”, उनले भने ।

तिला कर्णाली पानी प्रशोधन उद्योगका सञ्चालक जगत् शाहीले पनि विद्युत् भोल्टेजका दुई महिनादेखि सानो बोत्तलको पानी उत्पादन बन्द गरिएको बताए ।

“दुई महिनादेखि हाम्रो पानी उद्योगबाट प्रशोधन हुने पानी बन्द गरिएको छ, नेपालमै केही गर्छु भनेर उद्योग सञ्चालन गरियो तर अहिले घाटा भइरहेको छ, राज्यले हामी उद्योगीको पीडा कहिले बुझ्ने रु”, उनको प्रश्न छ । उहाँको उद्योगबाट दैनिक १५ हजार लिटरभन्दा धेरै पानी उत्पादन हुँदै आएको थियो ।

यस्तै औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको मध्यपश्चिम पानी प्रशोधन उद्योगले जेनेरेटरको सहायतामा पानी प्रशोधन गरेर बजारमा पठाइरहेको सञ्चालक कृष्ण आचार्यले बताए । उद्योगलाई जोगाइराख्न घाटामा पानी प्रशोधन गरिरहेको बताउने आचार्यले भोल्टेजको समस्या समाधान नभए अब केही दिनमा उद्योग बन्द गर्न बाध्य हुने बताए । 

“स्वदेशमै केही गर्छु भनेर उद्योगमा लगानी गरेको थिए ।  अहिले ४३ जनाले रोजगारी पाइरहेका छन् । विद्युत्का कारण उद्योग बन्द भए ती सबैको रोजिरोटी गुम्ने छ”, उनले दुःखेसो पोखे।

विद्युत् समस्याका कारण पानी उत्पादनमा समस्या भएपछि यहाँ पानीको मूल्यसमेत बढेको छ । यसअघि रु एक सय ४० पर्ने कार्टुनको अहिले रु एक सय ६० पर्न थालेपछि उपभोक्ता मारमा परेका छन् ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेतले भने ३३ केभी विद्युत्ले सबै ठाउँमा धान्न नसकेको भन्दै अर्को विकल्प नहुञ्जेसम्म समस्या समाधान हुन नसक्ने जवाफ दिने गरेको छ । कार्यालय प्रमुख अशोक लोहनीले कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आएपछि मात्रै कर्णालीमा विद्युत्को समस्या समाधान हुने बताए।

“अहिले ३३ केभीबाट विद्युत् वितरणको काम भइरहेको छ, यसले कर्णालीका सबै जिल्लालाई धान्न सक्दैन”, प्रमुख लोहनीले भने”, “उद्योग सञ्चालनमा समस्या भइरहेका बारे गुनासा सुनेका छौँ तर सुर्खेत-कोहलपुर एक सय ३२ केभी प्रसारण लाइन नआएसम्म समस्या समाधान गर्न गाह्रो छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

आगामी बजेट सन्तुलित आउँछ: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णा...

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending