काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन सम्पन्न गरेको छ।
देशभर एकलाख ४६ हजार सात सय १४ संगठित सदस्यमध्येबाट एक हजार चारसय प्रतिनिधिका लागि शान्तिपूर्ण रुपमा निर्वाचन गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
खुला, महिला र दलित गरी एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरिने व्यवस्था छ। त्यसमध्ये केन्द्रीय कमिटी तीन सय ४६ र केन्द्रीय आयोगबाट एक सय चार जना प्रतिनिधि स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका छन्।
यही असार १६ देखि २० गते काठमाडौंस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीले एकसय २५ संगठित सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने जनाएको छ।
पार्टीले सबै जिल्ला तथा मातहतका कमिटीलाई सम्बन्धित कार्यक्षेत्र, भूगोल तथा योगदानका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्न आजको समयसीमा निर्धारण गरेको थियो।
सबै कमिटीले मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, मतदाताको नामावली विवरण प्रकाशनलगायत सम्पन्न गरेपछि निर्वाचन गरिएको हो। निर्वाचनको मतपरिणाम भोलिसम्म केन्द्रमा प्राप्त हुने जनाइएको छ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन वर्षअघि विद्रोह गरी गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौं राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ।
विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले अहिलेसम्म सम्पन्न भएका नौ वटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको छ। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: