Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

अजिरकोटको नीति तथा कार्यक्रम: कोदोको रक्सी ब्राण्डिङ, हिमालको पानी बोटलिङ् गर्ने

खबरडबली संवाददाता

गोरखा । अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार भएको गाउँसभाको १५ औँ अधिवेशनमा अध्यक्ष दीपक देवकोटाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

‘दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्ध अजिरकोट’ को लक्ष्य हासिल गर्न ‘हाम्रो अजिरकोट राम्रो अजिरकोट’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष देवकोटाले तेस्रो कार्यकालका लागि अघिल्ला वर्षका केही योजनालाई समेट्दै केही नयाँ कार्यक्रम ल्याएका छन् ।

विकास निर्माणमा स्थानीय सिप र प्रविधिको प्रयोग गर्दै सार्वजनिक, निजी र सहकारीको साझेदारीको नीति अवलम्बन गर्ने, पर्यटन प्रवद्वधनका लागि संघ, प्रदेश र सम्बद्ध निकायसँगको समन्वय, सहकार्य र सह लगानीलाई प्राथमिकता दिई अजिरकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति छ ।

स्थानीय रैथाने उत्पादनलाई प्राथमिकता दिदैं कृषि बीज भण्डार तथा इलेक्ट्रिक शीत भण्डार स्तरोन्नति गर्ने, बिउमा अनुदान उपलब्ध गराउने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, एक वडा एक व्यावसायिक कृषि उत्पादन कार्यक्रम, एक वडा एक नमुना गाउँ, दूध डेरी एवं दुग्ध उत्पादनमा आधारित उद्योग स्थापना गर्ने, बाहिरबाट आयतित फलफूल तरकारीलाई निरुत्साहित गर्दै आवश्यकता अनुसार क्वारेनटाइनको नीति अवलम्बन गर्ने, माटो परीक्षण गरि भूगोल सुहाउँदो खेतीपाती तथा भूगोल अनुकूल आहार उत्पादन गर्ने अजिरकोटको नीति छ ।

चिया, कफी, अलैँची खेती प्रवर्धन गर्दै फलफूल र घाँसको स्रोत केन्द्र स्थापना स्थानीय तहमा नै निर्माण गर्ने महत्वकाक्षी योजना अजिरकोटको छ । गत वर्षकै नीति तथा कार्यक्रममा रहेको घर उद्योगका नामा परिचित गर्न खोजिएको कोदाको रक्सी उत्पादन र स्तर निर्धारण गरी ब्राण्डिङ गर्ने अजिरकोट क्षेत्र कोदोको रक्सी उमेर समूह अनुसार प्रयोगमा प्राथमिकता दिने अजिरकोटको छ । यो कार्यक्रम अघिल्ला वर्षमा पनि आएका कार्यक्रम हो । अन्य बाहिरबाट गएका बाह्य अल्कोहिक पर्दाथबारे छुटै नीति बनाइ व्यवस्थित गर्ने योजना पनि अजिरकोटको छ । अजिरकोटका वडा न ४, २ र ३ वडामा धेरै मात्रामा साथै सिरानचोक गाउँपालिकाको वडा न ८ र १ का समेत सिजनवल फलका रूपमा रहेको खुर्पानीबाट जुस तथा वाइन उद्योग सञ्चालनको सम्भाव्यता अध्ययनले गरी चर्चा पाएको छ । अजिरकोटको सिरानडाँडा तथा नम्कि क्षेत्रमा चालु आर्थिक वर्षमा खुर्पानीबाट वाइन निर्माण गरिएको थियो ।

वाइन उत्पादन अध्ययन अनुसन्धानका जनजङ्गलमा उत्पादन भई खेर गइरहेका वनजन्य फलफूल पानी अमला, काफल, ऐसेलु, चुत्रोलाई उद्योगसँग जोड्ने अजिरकोटको नयाँ कार्यक्रम हो । पालिकाको उत्पादन पालिकामै, हिमालबाट बगेको शुद्ध खानेपानी बोटलिङ् गरी राष्ट्रिय एवं अन्ताराष्ट्रिय बजारमा निर्यात गर्न आवश्यक नीति तर्जुमा गर्न अख्तियार गरी संरचना निर्माणको अध्ययन गर्न स्रोत जुटाउने नीति आगामी वर्षमा समेत रहेको छ ।

अजिरकोटमा २०७९ मा अध्यक्षमा निर्वाचित भएका देवकोटाले लगातार तिन वर्षसम्म यो कार्यक्रम अघि बढाउका छन् । पशु बिमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत अनुदान दिने, बसाइसराइ रोक्न गाउँ फर्कन प्रेरित गर्न सहुलियत प्रदान गर्ने, सेवा शुल्क निर्धारण गर्दा सामाजिक न्यायका आधारमा गर्ने, डोको, नाङ्लो, मान्द्रो, भकारी, राडी, बक्खु जस्ता स्थानीय कच्चा सामग्रीको प्रयोग गरी उत्पादन हुने स्थानीय बस्तुको उत्पादन, प्रवर्द्धन र बजारीकरण गर्ने, रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रूपमा विकास गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा भएको चर्को व्याजका कारण उठिबास हुने कहालीलाग्दो अवस्थालाई अन्त्य गर्न सहुलियतपूर्ण कर्जा प्रवाहको नीतिका लागि बैंक तथा वित्तीय संस्थासंग समन्वय । सहकार्य गर्ने नीति समेत पालिकाले लिएको छ ।

गोठ होमस्टे प्रभावकारी बनाउने, नागेपोखरी-दुधपोखरी-नारदपोखरी पदमार्ग निर्माण सम्पन्न गर्ने तथा थप स्रोतको खोजी गर्ने, बुद्ध हिमालचुली ग्रेट लेक सर्किट निर्माणको सुरुवात गर्ने, नागेपोखरी डार्कु हाइ अल्टिच्युट साइक्लिङ रुट निर्माणलाई निरन्तरता दिने, वलाङ र खिम्पुमा रहेको टाउट माछा पालनलाई पर्यटनसँग जोड्ने, भच्चेक-दुधपोखरी र तपी-सिरानखोला पर्यटन साइनेजको व्यवस्थापन गर्ने, भच्चेक-सिरानडाँडा-ध्याच्चोक-बारपाक जोड्ने पर्यटन पदमार्ग निर्माण गर्ने, हातिसुढेँ गुफा(चामे छहरा भिरमौरी पर्यटनको संरक्षण विकास र प्रवर्धनमा आवश्यक योजना निर्माण गर्ने अजिरकोटको नीति रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् ।  गत भ...

सुनसरीमा ग्यास–पेट्रोलियम आपूर्ति व्यवस्थापन निर्देशन

इनरुवा। सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग...

प्युठानमा ‘प्युठानी रातो मुला’ वीऊ उत्पादन सुरु

प्युठान। जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को वीऊ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्द...

पर्वतबाट १६ सय ८४ विद्यार्थी सहभागी हुँदै यस वर्षको एसइईमा

पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...

बजारमा सुन बढ्यो, चाँदी घट्यो

काठमाडौं। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेर ३ ...

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा, संघर्षको राजनीति जारी राख्ने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी का अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले राजनीतिक संघर्ष भने निरन्तर जारी र...

बागलुङबाट तीन महिला समानुपातिक सांसद

गलकोट। प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ...

बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात

बाजुरा। बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो। जिल्लाका हिमाली, स्वामिकार्तिक खापर,...

बिहे भोजमा रसबरी घाँटीमा अड्किँदा युवकको मृत्यु

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा आयोजित एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ। बिहेको भोजका क्रममा रसबरी खाने क्रममा एक युवकको ...

तीन महिनापछि पोखरा–जोमसोम उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: