मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय सुनसरीद्वारा संयुक्त रुपमा आज आयोजित ‘ट्राफिक सप्ताह’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी, नागरिक समाज, विद्यार्थी र सञ्चारकर्मीको सहकार्यमा सडक दुर्घटना ५० प्रतिशत घटाउने गरी कार्ययोजना तयार गरेर कार्यान्वयन गरिने बताए । उनले मानवीय क्षति न्यून गर्न समाजका सबै वर्गको सहयोग र योगदान आवश्यक पर्ने उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई साधन स्रोतले सम्पन्न गराउने र जनशक्ति वृद्धि गर्ने जानकारी दिँदै चालक, सहचालक र नागरिक समाज, विद्यालय, शिक्षकलगायत सबैका लागि सचेतना कार्यक्रम गरी सहभागी गराउनुपर्ने आवश्यकता औँल्याए । उनले मोरङ, सुनसरी र झापामा अध्यधिक सडक दुर्घटना हुने १०–१५ किलोमिटर क्षेत्रलाई नमुना ट्राफिक केन्द्रका रुपमा निर्धारण गरी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना, ट्राफिक नियम पालना गर्दाका राम्रा पक्षलगायत विषयमा जानकारी मूलक अभियान सञ्चालन गरेमा अन्यले अनुशरण गर्ने विश्वास व्यक्त गरे ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले सडक अनुशासन र नियम पालना गरी दुर्घटना न्यूनीकरण गर्नुपर्ने आवश्कता औल्याउँदै ट्राफिकलाई आधुनिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख चन्द्रकुबेर खापुङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेल र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ कोशीका संयोजक सरोज श्रेष्ठले जनधनको सुरक्षाका लागि ट्राफिक नियम सबैले पालना गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक प्रहरीलाई राडार गर्न तथा ट्राफिक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने विभिन्न सङ्घ संस्था एवं व्यक्तिलाई सम्मान गरेका थिए ।
यसअघि ट्राफिक सप्ताह–२०८१ अन्तर्गत विराटनगरको रोडशेष चोकबाट निस्केको आन्तरिक मामिला तथा कानुनमन्त्री, विभिन्न निकायका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थीसहितको प्रभातफेरीले नगरको मुख्यमुख्य भागको परिक्रमा गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: