काठमाडौं । सरकारले जेठमा करिब ४३ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपियाँ आन्तरिक ऋण र करिब नौ अर्ब रुपियाँ बाह्य ऋण उठाएको हो । यससँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब सात अर्ब ६७ करोड रुपियाँ सार्वजनिक ऋण प्राप्त गरेको छ ।
चालु आवमा प्राप्त कुल ऋणमध्ये अधिकांश आन्तरिक ऋणकै हिस्सा छ । कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिएको छ भने ८२ अर्ब ६७ करोड रुपियाँ बाह्य ऋण लिएको छ । चालु आवमा सरकारले कुल चार खर्ब ५२ अर्ब ७५ करोड रुपियाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको थियो ।
जसमध्ये दुई खर्ब ४० अर्ब रुपियाँ आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड रुपियाँ बाह्य ऋण लिने सरकारले लक्ष्य निर्धारण गरेको थियो ।
कुल लक्ष्यमध्ये जेठसम्म करिब ६८ प्रतिशत ऋण प्राप्त भएको कार्यालयले जनाएको छ । लक्ष्य अनुसार आन्तरिक ऋण करिब उठिसकेको भए पनि बाह्य ऋण लक्ष्यको ६० प्रतिशत नै उठ्न बाँकी छ ।
ऋणको साँवा र ब्याज भुक्तानी नियमित पछ्याइरहेको कार्यालयले जेठसम्म आन्तरिक ऋणबापत दुई खर्ब २७ अर्ब १९ करोड रुपियाँ साँवा र ब्याज भुक्तान गरेको छ । जसमध्ये एक खर्ब ६१ अर्ब ६२ करोड रुपियाँ साँवा र ६५ अर्ब ५७ करोड रुपियाँ ब्याज भुक्तान भएको छ । त्यस्तै बाह्य ऋण लिएबापत सरकारले ४३ अर्ब ९९ करोड रुपियाँ साँवा र ब्याज भुक्तान भएको कार्यालयले जनाएको छ । जसमध्ये ३५ अर्ब ७० करोड रुपियाँ साँवा र आठ अर्ब २९ करोड रुपियाँ ब्याज भुक्तान भएको छ ।
खर्च स्रोतका रूपमा राजस्वले अपुग हुने भएपछि सरकारले ऋण लिने प्रवृत्ति पछिल्ला वर्षमा बढ्न थालेको छ । अहिलेसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व २४ खर्ब रुपियाँ नाघिसकेको छ । जसमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ९२ अर्ब र बाह्य ऋणको दायित्व १२ खर्ब १७ अर्ब रुपियाँ रहेको छ ।
सरकारले आन्तरिक ऋण उठाउन आवधिक टे«जरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगारी बचतपत्र निष्कासन गर्छन् । जसमध्ये वैदेशिक रोजगारी बचतपत्रलाई सबैभन्दा धेरै नौ प्रतिशत, नागरिक बचतपत्रलाई आठ प्रतिशत, विकास ऋणपत्रलाई अधिकत छ प्रतिशत र टे«जरी बिलमा ३.७१ प्र्रतिशत ब्याजदर भुक्तान गरिरहेको छ । यसबाहेक बाह्य ऋणबापत सरकारले अधिकतम १.५ प्रतिशत भुक्तान गरेको कार्यालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: