Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

चीनमा भारी वर्षाका कारण आएको बाढी परी ११ जनाको मृत्यु

खबरडबली संवाददाता

चीन । चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तिमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ । 

निरन्तरको वर्षा पछि पूर्वी र दक्षिणी चीनका धेरै भागहरूमा बाढीका कारण स्थानीयले ज्यान गुमाएका छन् । बाढी र डुवानका कारण विभिन्न बालीमा क्षति पुग्नुका साथै सडकहरू काटिएको छ । स्थानीय अधिकारीले चरम मौसमी अवस्थाको प्रभाव कम गर्न आपतकालीन प्रतिक्रियाको स्तर बढाएका छन् ।

शुक्रबार बर्षा र आँधीसम्बन्धी मौसम विज्ञान प्रकोप प्रमुखले मोसमी पूर्वानुमान र आपतकालिन प्रतिक्रिया दिँदै आगामी तीन दिन प्रान्तमा कडा वर्षा हुने अनुमान गरेको छ । बुधबारदेखि बिहीबारसम्म सहरको औसत वर्षा १७६.४ मिलिमिटर पुगेको छ भने टुनक्सी जिल्लामा ४०५.५ मिलिमिटरको अधिकतम वर्षा रेकर्ड गरिएको छ । 

वर्षाले एक लाख ७९ हजार मानिसहरू प्रभावित भएकामा लगभग ११ हजार बासिन्दालाई अस्थायी स्थान्तरण गरिएको थियो । सहरको पार्टी समितिको प्रचार विभागका अनुसार क्षतिग्रस्त बालीको क्षेत्रफल ११ हजार ४८० हेक्टर पुगेको छ ।

वर्षाका कारण आएको बाढीले नौवटा राष्ट्रिय वा प्रान्तीय राजमार्गसहित सहरका ५० वटा सडक अवरुद्ध पारेको छ । पाँचवटा काउन्टी–स्तरीय क्षेत्रमा सार्वजनिक यात्रु यातायात सञ्चालन स्थगित गरिएको छ । सहरमा तीन हजारभन्दा बढी उद्धारकर्ता, २३५ वारूण यन्त्र र १०५ जहाज उद्धार तथा राहतका लागि परिचालन गरी दुई हजार ४०० भन्दा बढी फसेका बासिन्दालाई उद्धार गरिएको छ । 

वर्षामा केही ग्रामिण सडक भत्किएका कारण उद्धारकर्ताहरू पहाडी क्षेत्रका केही दुर्गम गाउँमा पुग्न पैदल हिँड्नु परेको उनले बताए । सहरका उपप्रमुख चेन टिएन्युले अहिले बाढी नियन्त्रणका लागि निकै महत्त्वपूर्ण समय भएको बताउँदै सहरको हुइझोउ जिल्लास्थित चेङ्गकन नगरमा रहेको एउटा उच्च अध्ययन भ्रमण आधारलाई खाली गरिएका बासिन्दाका लागि अस्थायी बस्ती स्थलमा परिणत गरिएको छ । 

सहर र गाउँ स्तरका सबै कार्यकर्ताहरूलाई परिचालन गरी प्रभावित स्थानहरूमा गस्ती र निरीक्षण गर्न भनिएको छ । गुआङ्गडोङको सिमानामा रहेको फुजियान प्रान्तमा जुन १६ देखि सुरु भएको लगातारको वर्षाले लोङ्यान सहरका एक लाखभन्दा बढी बासिन्दाको सामान्य जनजीवन प्रभावित बनेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: