Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

खबरडबली संवाददाता

बागलुङ । बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेका छैनन् ।

विसं २०७२ मा कालोपत्र गर्न ठेक्का सम्झौता भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै धुलाम्य अवस्थामा छ । गण्डकी प्रदेश सरकार अन्तरगतका चार सडक सम्पन्नको  चरणमा छन् । एउटा सडक अझै अधुरै छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक निर्माण सम्पन्न भइसकेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तरगत बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमि सडक पाँच पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको छैन । बागलुङ नगरपालिका–४ कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक सम्पन्न भएको छ । 

गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको छ । राङ्खानी–बरेङ सडकमा  कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । पछिल्लो तीन महिनायता ग्रामीण सडक ४० किमि कालोपत्र गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले ग्रामीण सडक धमाधम कालोपत्र गरिँदा मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड र राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा रहेको शालझण्डी ढोरपाटन सडक र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अझै कालोपत्र हुन नसक्नु दुःखद भएको बताए।

“कतै निर्माण व्यवसायीको लापरबाही त कतै सरकारले भुक्तानी नदिँदा ठूला सडक कालोपत्र हुन सकेका छैनन्”, उजले भने । सिगानाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक र कालीगण्डकी करिडोरको बागलुङ खण्ड सरकारले भुक्तानी दिन नसक्दा कालोपत्र भएको छैन । कुश्मिसेरादेखि राङ्खानीसम्मको १० किमि सडक पनि अधुरै छ ।

विसं २०७२ मा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भए पनि पाँच पटकसम्म म्याद थप गर्दासमेत बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडक ६ किमि मात्रै कालोपत्र भएको छ । 

बिहुँदेखि घोडाबाँधे सम्मको  १२ किमि सडक कालोपत्र सम्पन्न नहुँदै ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले जानकारी दिनुभयो । उनले भने– “सम्झौताको नौ वर्षसम्म सडक कालोपत्र भएको छैन ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending