काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई अन्तर्राष्ट्रिय विमानस्थाललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे सरोकारवालासँग छलफल गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङका अनुसार छलफलमा प्रधानमन्त्रीले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकामा जोड दिँदै पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारी निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए ।
राष्ट्रिय गौरवका दुवै परियोजना निर्माणमा राज्यको ठूलो लगानी भइसकेकाले उनले निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको परिस्थितिमा ती विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको विकल्प नरहेको बताए ।
प्रधानमन्त्री दाहालले विमानस्थलहरु सञ्चालनको ठोस प्रस्ताव चाँडो ल्याउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिकको समस्या रहेकाले यसको उचित समाधान दिनुपर्ने आवश्यकता रहेको औँल्याए । वैदेशिक रोजगारीमा जाने यात्रुहरू र अन्य यात्रुहरूलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्नुपर्नेमा उनको जोड छ ।
त्यसका लागि श्रम स्वीकृति, अध्यागमन, मेडिकललगायत सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गरिनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए ।उनले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि हवाइ टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा सहुलियत दिन सकिने धारणा राखे । निजी क्षेत्रसँग समन्वय गरेर होटललगायतमा सहुलियत प्याकेजका निम्तिसमेत अनुरोध गरे।
छलफलमा पर्यटनमन्त्री तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेसम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए। पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका विकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताउँदै दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयका तर्फबाट विदेशी विमान कम्पनीहरूसँग छलफल भइरहेको जानकारी दिए।
छलफलमा पर्यटनमन्त्री तामाङ, मुख्यसचिव डा बैकुण्ठ अर्याल, पर्यटन सचिव डा पाण्डे, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, राजस्व सचिव डा रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: