काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा. प्र.डा. सुदीप आचार्य र डा सरला श्रेष्ठ छन् ।
प्रारम्भिक छनोमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको स्रोतले बतायो । ‘उनीहरुको क्षेत्र नै तोकेर नियुक्तिका लागि सिफारिस भएको छ,’ स्रोतले भन्यो, ‘सम्भवतः आजै नियुक्ति हुन्छ ।
मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन् ।
चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन् । चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका बरिष्ठ सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए ।
समितिले ०८० मंसिरमा माग गरेको विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम प्रारम्भिक छनोट ९सर्ट लिस्ट०मा परेको थियो ।
प्रारम्भिक छनोटमा परेका डा। कृष्णसागर शर्मा, प्रा।डा दिनेशकुमार लम्साल, डा। भीमसिंह त्रिकरी, प्रा। डा वन्दना गुरुङ शर्मा, डा। विजयचन्द्र आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा।डा। स्वयंप्रकाश पण्डित र हरिप्रसाद बस्याल भने अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १६:२५
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविल...
पौष ११ गते, २०८१ - १५:५७
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ सँगको सम्बन्धमा फाटो ल्याउन भ्रम छरिएको बताएका ...
पौष ११ गते, २०८१ - १५:५३
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। ...
पौष ११ गते, २०८१ - १५:५०
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको...
पौष ११ गते, २०८१ - १५:३५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को आयोजनागर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७देखि २१ गते सम्म ५ ...
पौष ११ गते, २०८१ - १५:२७
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो। आज नेप्से ०.१५ प्रति...
पौष ११ गते, २०८१ - १५:०१
धनकुटा । पछिल्लो सममय धनकुटाका किसानले व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म बाँझो रहेको जमिनमा सुन्तला खेती ...
पौष ११ गते, २०८१ - १४:३४
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...
पौष ११ गते, २०८१ - १४:३०
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको छ । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ ...
पौष ११ गते, २०८१ - १४:३०
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...
प्रतिकृया लेख्नुहोस्: