Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

पाट कमिन्सको कीर्तिमानी बलिङ, लगातार दोस्रो खेलमा ह्याट्रिक

खबरडबली संवाददाता

काठमाडौँ । अस्ट्रेलियाका बलर प्याट कमिन्सले अफगानिस्तानविरुद्ध कीर्तिमानी बलिङ गरेका छन् ।

जारी टी-२० विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक लिदै कमिन्सले नयाँ किर्तिमान बनाएका हुन् । अफगानिस्तानअघि कमिन्सले बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक लिएका थिए । योसँगै कमिन्सले टी–२० विश्वकपमा दुई ह्याट्रिक लिने विश्वकै पहिलो बलर बनेका छन् ।

अफगानिस्तानको इनिङ्सको १८औं ओभरको अन्तिम बलमा कमिन्सले राशिद खानलाई आउट गरेका थिए । यसपछि २०औं ओभरको पहिलो दुई बलमा करिम जनात र गुलबदिन नाइब आउट गरेका थिए । 

यसअघि बंगलादेशविरुद्धको खेलमा कमिन्सले इनिङ्सको १८औं ओभरको अन्तिम दुई बलमा महमुदुल्लाह र मेहदी हसनलाई आउट गरेका थिए  भने २०औं ओभरको पहिलो बलमा तौहिद हृदयोयलाई आउट गरेका थिए ।

कमिन्स टी(२० अन्तर्राष्ट्रियमा दुई ह्याट्रिक गर्ने पाँचौं बलर बनेका छन्। उनीअघि श्रीलंकाका पूर्व बलर लसिथ मालिंगा, न्यूजिल्याण्डका टिम साउथी, सर्बियाका मार्क पाभलोभिक र माल्टाका वासिम अब्बासले यस्तो गरेका थिए । यद्यपिले कमिन्सले लगातार दुई टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने विश्वका पहिलो बलर बनेका छन् ।

त्यसैगरी टी–२० विश्वकपको इतिहासमा यो आठौं ह्याट्रिक हो । कमिन्सले यीमध्ये दुई पटक ह्याट्रिक लिएका छन् । योसँगै अस्ट्रेलियाका बलरले तेस्रो पटक टी–२० विश्वकपमा ह्याट्रिक लिएका छन् । कमिन्स बाहेक ब्रेट लीले सन् २००७ मा यो काम गरेका थिए । कमिन्स टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गर्ने अष्ट्रेलियाका चौथो बलर बनेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी, अपेक्षाभन्दा बढीको नाम दर्ता

काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्।...

शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल, स्नातक तह पढ्नलाई नागरिकता नचाहिने

काठमाडौँ। सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्...

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे, स्थानीय खुसी

सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।  चुरेपा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending