Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

विद्यालय शिक्षा विधेयक मन्त्रालयमा नअड्किएको शिक्षामन्त्री श्रेष्ठकाे दाबी

खबरडबली संवाददाता

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक मन्त्रालयमा नअड्किएको बताएकी छन् । आइतबार प्रतिनिधिसभामा सांसदहरूबाट उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विधेयक आफ्नो हातमा नभएको बताइन् ।

‘म यो रोष्ट्रम मार्फत सबैलाई स्पष्ट पार्न चाहन्छु– शिक्षा विधेयक मन्त्रालयमा अड्केको छैन, सरकारसँग छैन, मेरो हातमा छैन । सदनमा पेश भैसकेको छ, समितिमा सांसदहरूसँग छ,’ उनले भनिन्, ‘समितिमा छलफल अघि नबढेको विषयमा मैले समिति सभापतिज्यूलाई मौखिक र लिखित रूपमा समेत आग्रह गरिसकेकी छु ।’

उनले मन्त्रीको काम के, सदनको काम के भन्नेमा भ्रम फैलाउन बन्द गर्न र सबैलाई आफ्नो काम गर्न आग्रह गरिन् । मन्त्रालयको काम विधेयक बनाएर बुझाउने रहेको र पारित गर्ने फिर्ता पठाउने काम सदनको भएको उनको भनाइ थियो । ‘मन्त्रालयले गर्ने अर्को काम ऐन अनुसारको सहायक कानुन बनाउँदै कार्यान्वयनमा लाने हो,’ मन्त्री श्रेष्ठले स्पष्ट पारिन्, ‘ऐनसँग बाझिएको नियमावली नसच्चाउने त ? सरुव मापदण्ड बनाउ भनेको छ मैले नबनाउने त ? नीति नियम मापदण्ड आदिमा मैले आफूले गर्नु पर्ने काम म गर्छु ।’

उनले  राष्ट्रिय परीक्षा बोर्डको काम त निर्देशिकाले व्याख्या गर्नु पर्ने बताउँदै निर्देशिका हालसम्म पनि नभएको बताइन् । मन्त्री श्रेष्ठले मन्त्रीले काम नगरेर शिक्षा ऐन बनेन भन्ने भाष्य गलत भएको बताउँद अब सदनले छिनोफानो गरिदिनु पर्ने बताइन् । 

सांसदहरुबाट उठेका सवालको जवाफ दिँदै श्रेष्ठले सामुदायिक विद्यालयलाई गरिबका छोरी पढाउने विद्यालयका रुपमा हेर्ने भाष्य निर्माण भएको बताइन् । ‘गरिबको छोराछोरीले मात्रै सामुदायिकमा पढ्छन् भन्ने भाष्य छ, बोर्डिङमा पढाउनु प्रतिष्ठाको विषय बनाइयो, यसले फाइदा कसलाई पुर्याइरहेको छ ?’ उनले भनिन्, ‘७० प्रतिशत बालबकालिका सामुदायिकमा पढ्नुहुन्छ, तर जीवनस्तर सर्वेक्षणमा २० प्रतिशत जनसंख्या गरिब छन् भनेर देखाएको छ, कुन चाहिँ तथ्य सही हो कुन चाहिँ गलत ?’ 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: