विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब १७ करोडभन्दा बढी बजेट खर्च गरेको छ । गत साउनयता जेठसम्म ११ महिनाको अवधिमा सरकारले चालु र पुँजीगततर्फ २० अर्ब १७ करोड ९ लाख रुपैयाँ खर्च गरेको हो ।
सरकारले चालुतर्फ ६ अर्ब ८७ करोड ३७ लाख र पुँजीगततर्फ १० अर्ब ६ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ । स्थानीय तह अनुदानतर्फ ३ अर्ब २२ करोड ८३ लाख रुपैयाँ खर्च भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा गरेको खर्च गत आर्थिक वर्षको भन्दा कम हो । गत आर्थिक वर्षको ११ महिनामा प्रदेश सरकारले २२ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ खर्च गरेको थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा सरकारले सबैभन्दा बढी जेठ महिनामा ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । जेठमा सरकारले गरेको खर्च ११ महिनामा गरेको खर्चको २१ प्रतिशत हो । ११ महिनामा सरकारले राजस्व र अनुदानवापत २५ अर्ब ४८ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो वार्षिक आम्दानीको ७८ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षमा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य राखेको थियो । तर आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा ३ अर्ब ४० करोड १९ लाख रुपैयाँमात्रै आम्दानी गरेको छ । जेठ महिनासम्म राजस्व बाँडफाँड र आन्तरिक आम्दानी गरी प्रदेशको सञ्चित कोषमा १२ अर्ब १६ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । वैशाखमा ७ करोड ५५ लाख संघीय सशर्त अनुदान थपिएपछि प्रदेशको बजेट ३६ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कायम भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: